काङ्ग्रेसले बोलायो आकस्मिक बैठक

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ८ गते २१:५४
काङ्ग्रेसले बोलायो आकस्मिक बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधनबारे छलफलका लागि बैठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठक मंगलबार विहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाका निवास बूढानीलकण्ठमा बस्ने छ । कोरोनाको संक्रमणसंग पुरै विश्व एक भएर लडिरहेका बेलामा सरकारले जारी गरेका दुबै अध्यादेशप्रति काँग्रेसको गम्भीर असहमति जनाएको छ । संवैधानिक परिषदमा प्रतिपक्षी दलका नेतालाई बाइपास गरिनुलाइए काँग्रेसले संविधानमाथिको प्रहरका रुपामा लिएको छ ।
सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले काँग्रेस थप सशंकित बनेको छ ।

प्रकाशित : २०७७ वैशाख ८ गते २१:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI