एजेन्सी । कोभिड-१९ महामारीविरुद्धको अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा विश्वका चर्चित कलाकारले अनलाइन कन्सर्ट गरेका छन्।
‘वान वर्ल्ड-टुगेदर एट होम’ नाम दिइएको कन्सर्टमा लेडी गागा, विल्ली इलिस, इल्टोन जोहन, रीता ओरा, भारतीय गायक विशाल मिश्रा लगायतका १०० कलाकारले घरबाटै अनलाइन प्रस्तुती दिएका थिए।
अनलाइन कन्सर्टको उद्देश्य विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने थियो।
यसको प्रत्यक्ष प्रसारण अमेजन प्राइम भिडिओ, फेसबुक, ट्वीटर, इन्स्टाग्राम, ट्युनइन, ट्वीच र यूट्युब लगायतबाट गरिएको थियो।
ग्लोबल सिटिजन र विश्व स्वास्थ्य संगठनले गायिका लेडी गागासँग मिलेर अनलाइन कन्सर्ट आयोजना गरेका थिए। उक्त कन्सर्ट आठ घण्टासम्म चलेको थियो ।
कार्यक्रम पैसा जम्मा गर्नका लागि मात्र नभई स्वास्थ्यकर्मीहरुको सम्मानका लागि आयोजना गरिएको गायिका लेडीले बताईन्।
यस्तो महामारीका बेला अमेरिकाले आर्थिक सहयोग रोकेको विषयमा प्रश्न उठाउँदै लेडीले भविष्यमा हुनसक्ने स्वास्थ्य संकटबाट जोगिनका लागि विश्व स्वास्थ्य संगठनलाई बलियो बनाउन अति आवश्यक रहेको बताएकी छिन्।
प्रकाशित : २०७७ वैशाख ९ गते १:१६
No ads found for this position
Facebook Comment