No ads found for this position

लकडाउनमा जन्मिएकाले बाबुआमाले छोराको नाम ‘लकडाउन’ राखे

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ९ गते १:३५
No ads found for this position
लकडाउनमा जन्मिएकाले  बाबुआमाले छोराको नाम ‘लकडाउन’ राखे
No ads found for this position

एजेन्सी । लकडाउनका कारण भारतको उत्तरपूर्वी राज्य त्रिपुरामै अड्किएका राजस्थानका एक दम्पतीले आफ्नो छोराको नाम ‘लकडाउन’ राखेका छन्।

लकडाउनकाबिच जन्मिएकाले छोराको नाम ‘लकडाउन’ राखेको ती छोराका बाबुले बताएका छन्। ‘कोरोना भाइरसको महामारी र लकडाउनको कारण धेरै समस्या भोग्नुपर्‍यो। लकडाउनकाबिचनै हाम्रो बच्चा छ दिन पहिला सरकारी अस्पतालमा जन्मियो।

अहिले उ ठीक छ,’ नवजात शिशुका बुबा सन्जय बाउरीले संवाददाताहरुलाई भने। ‘लकडाउनको समय जन्मिएकाले हामीले उसको नाम लकडाउन राख्ने निर्णय गरेका हौं’, छोराको नाम लकडाउन राख्नुको कारण खुलाउँदै उनले भने।उनीहरू राजस्थानबाट व्यापारको सिलसिलामा त्यहाँ पुगेका थिए।

हरेक बर्षको छ महिनाको लागि सन्जय र उनकी पत्नी मञ्जु प्लास्टिकका सामान बेच्न त्रिपुरा पुग्ने गर्छन्। यस पटक भने  उनीहरूले निक्कै नयाँ र फरक अनुभव गर्नुपर्‍यो। मञ्जु गर्भवती भएकाले संजय सडक तथा रेलबाट आफ्नो गाँउ जाने खतरा नमोली त्यही बसे।

यस्तैमा मार्च २४ मा देशव्यापी लकडाउनको घोषणा भयो। यस घोषणाले उनीहरुलाई तनाव बनायो। त्यसपछि उनीहरु बदरघाटमा रहेको अग्रताला रेलवे स्टेसनमा पुगे। तर रेल बन्द भएका कारण उनीहरू अन्य ६१ जना आप्रवासी व्यापारीसँगै त्यही रोकिनुपर्‍यो।

यसरी रोकिएका सन्जयलाई रेलवेका अधिकारीहरुले राम्रो मद्दत गरे। उनीहरूकै सहयोगमा त्यहाँको सरकारी अस्पतालमा उनीहरूको छोरा जन्मियो। त्यसपछि उनीहरूले लकडाउनमा छोरा जन्मिएकाले छोराको नाम ‘लकडाउन’ राख्ने निर्णय गरेका हुन्। उनी कर्मचारीहरूले आफूलाई गरेको सहयोगप्रति आभारी छन्।

प्रकाशित : २०७७ वैशाख ९ गते १:३५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI