आमिर खानलाई पाकिस्तानी न्यूज च्यानलले ‘हत्यारा’ बनाएपछि

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ९ गते २:१६
आमिर खानलाई पाकिस्तानी न्यूज च्यानलले ‘हत्यारा’ बनाएपछि

हामी सबैलाई थाहा छ आमिर खान बलिउड कलाकार हुन् । हामी मात्र होइन विश्वका धेरै मानिसले आमिर खानलाई कलाकारका रुपमा चिन्छन् ।

तर, पाकिस्तानको एक न्यूज च्यानलले आमिर खानलाई ‘हत्यारा’ को रुपमा चित्रित गरेपछि उ आफै ट्रोलको शिकार बन्नु परेको छ । पाकिस्तानी न्यूज च्यानलले बलिउड अभिनेता आमिर खानलाई हत्याका आरोपी बताएपछि सामाजिक सञ्जालमा अहिले ट्रोल भइरहेको छ ।

उक्त न्यूज च्यानलले बलिउड अभिनेता आमिर खानको तस्बिर हत्याकाण्डका आरोपी एमक्यूएम नेता अमीर खानको सट्टामा प्रयोग गरेको थियो । हत्याकाण्डका आरोपी नेता अमीर खानको ठाउँमा बलिउड अभिनेता आमिर खानको तस्बिर हटाएर भुलसुधार गरिसके पनि उक्त साचार अझै सामाजिक सञ्जालमा ट्रोल बनिरहेको छ ।

बलिउड अभिनेता आमिर खानको तस्बिर भएको सामाचार अझै सामाजिक सञ्जालमा शेयर भइरहेको छ । पाकिस्तानकी एक पत्रकार नायला इनायतले च्यानलले प्रशारण गरेको स्क्रीनसट सेयर गर्दै लेखेकी छिन्, ‘हेडलाइनः १७ वर्षपछि आरोपी एमक्यूएम नेता आमिर खान । के भारतीय अभिनेता आमिर खान पछिल्लो १७ वर्षदेखि पाकिस्तानमा थिए ? यसमाथि बिचार गर्नुपर्छ ।’ एजेन्सी

प्रकाशित : २०७७ वैशाख ९ गते २:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI