कावासोतीमा क्वारेन्टाइन बाट तीन जना भागे, भाग्नेको खोजी हुदैछ:अध्यक्ष पन्त

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ९ गते ९:३८
कावासोतीमा क्वारेन्टाइन बाट तीन जना भागे, भाग्नेको खोजी हुदैछ:अध्यक्ष पन्त

कावासोती । कावासोती नगरपालिका वडा नं १ ले राखेको क्वारेन्टाइनबाट तीन जना भागेका छ्न । भाग्नेहरुमा एक जना सोमबार मात्रै भारत बाट आएका र अरु दुई जना उनि सँगै हिडडुल गर्ने गरेको व्यक्ती रहेको कावासोती-१ का वडा अध्यक्ष नारायणप्रसाद पन्तले बताए । उनिहरुलाई परिवारको आग्रहमा क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइन स्थलमा सुरक्षाका नगरपालिकाको नगर प्रहरी राखिको भए पनि नगरप्रहरीलाई नै झुक्याएर उनिहरु भागेको अध्यक्ष पन्तले बताए । क्वारेन्टाइनबाट भागेकाहरुको अहिले खोजी भई रहेको छ । यसरी भाग्नेहरु लागू औषध गाँजा सेवन गर्नेहरु भएको बुझिएको छ ।
कावासोती नगरपालिका विभिन्न स्थानको क्वारेन्टाइनमा राखिएका २० जना मध्य ९ जना घर फर्किसकेका छ्न । अहिले नगरपालिकाको वडा नं १ र १७ को क्वारेन्टाइनमा रहेका ११ जना मध्य तीन जना बिहानी पखको समयमा भागेको बताईएको छ ।

प्रकाशित : २०७७ वैशाख ९ गते ९:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI