एक्सन अगेन्स्ट हंगरद्वारा स्थानीयतह मार्फत स्वास्थ्य संस्थालाई सुरक्षा सामाग्री हस्तान्तरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ९ गते १२:४४
एक्सन अगेन्स्ट हंगरद्वारा स्थानीयतह मार्फत स्वास्थ्य संस्थालाई सुरक्षा सामाग्री हस्तान्तरण

नवलपुर । एक्सन अगेन्स्ट हंगरद्वारा पुर्व र पश्चिम नवलपरासीका स्थानीय तह अन्तर्गका बहिरंग उपचार सेवा केन्द्र सञ्चालित स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ। संस्थाद्वारा नवलपरासी पूर्वका १६ र पश्चिमका १४ गरि ३० वटा स्वास्थ्य संस्थाका लागी आवश्यक आधारभुत स्वास्थ्य सुरक्षा सामाग्रीहरु सर्जिकल माक्स,सर्जिकल ग्लोब्स, युटिलिटी ग्लोब्स, लिक्विड साबुन, ह्याण्ड सेनिटाइजर लगायतका सामाग्री हस्तान्तरण गरेको छ । साथै शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमलाई नेपाल सरकारले अत्यावश्यक स्वास्थ्य सेवामा राखेकाले सो कार्यक्रमले बालबालिकाको उपचारलाई सहजीकरण गर्नका लागी सामाग्री वितरण गरिएको हो ।
नवलपरासी पूर्वका गैंडाकोट नगरपालिकाको दुईस्वास्थ्य संस्था, देवचुली नगरपालिकाको एक, कावासोती नगरपालिकाको दुई, मध्यविन्दु नगरपालिकाको चार, हुप्सेकोट गाउँपालिकाको एक, देउराली स्वास्थ्य चौकी, विनयी त्रिवेणी गाउँपालिकाको दुई, बौदीकाली गाउँपालिकाको दुई र बुलिङ्गटार गाउँपालिकाको दुई स्वास्थ्य संस्थाका लागी स्थानीय तह मार्फत सो सामाग्री हस्तान्तरण गरिएको छ । यसैगरी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको एक स्वास्थ्य सन् संस्था, सुनवल नगरपालिकाको दुई, रामग्राम नगरपालिकको दुई, प्रतापपुर गाउँपालिकाको चार, सुस्ता गाउँपालिकाको दुई, पाल्हीनन्दन गाउँपालिकाको एक र सरावल गाउँपालिकाको दुई स्वास्थ्य संस्थालाई आधारभूत स्वास्थ्य सुरक्षा सामाग्री स्थानीय पालिका मार्फत हस्तान्तरण गरिएको हो ।
गर्मी मौसमको समयमा बालबालिकाहरुको पाचन प्रणालीसँग सम्बन्धित रोगहरुले सामान्य तथा कुपोषित बालबालिकाहरुको उपचारमा नियमितता होस् भनि स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको एक्सन अगेन्स्ट हंगर ले जनाएको छ ।

प्रकाशित : २०७७ वैशाख ९ गते १२:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI