No ads found for this position

उदयपुरमा थप ८ जनामा पहिलो चरणको परीक्षणबाट कोरोना संक्रमण भेटियो

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ९ गते १४:१७
No ads found for this position
उदयपुरमा थप ८ जनामा पहिलो चरणको परीक्षणबाट कोरोना संक्रमण भेटियो
No ads found for this position

उदयपुर भुल्के मस्जिदमा रहेका १२ भारतीय सहित एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएसँग त्यस क्षेत्र मा बसोबास गर्ने आठ परिवारका घरमुलीको स्वाब परीक्षणमा कोराना पोजेटिभ पाइएको छ ।
आठ जनामा पहिलो परीक्षणमा पोजेटिभ देखिएकाले स्वाब थप परीक्षण भइरहेको मोरङ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख तथा प्रदेश १ कोभिड सुचना केन्द्रका प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो । तर स्वाबलाई थप पुष्टिका लागि धरानस्थित बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको उहाँले बताउनुभयो ।
थप आशंकित त्यहाँका आठ घरका मुली भएको र उनीहरुका परिवारका अन्य सदस्यको स्वाब पनि नेपाली सेनाले हिजो संकलन गरी सकेको छ तर त्यसको नतिजा आउन बाँकी छ। पहिलो चरणको परीक्षणमा कोरोना पुष्टि भए पछि आठै जनालाई उपचारका लागि एम्बुलेन्सबाट धरान लगिएको उदयपुर जिल्ला जनस्वास्थ्य प्रमुख मोहनप्रसाद सुवेदीले बताउनुभयो । स्रोत- गोरखापत्र अनलाईन

प्रकाशित : २०७७ वैशाख ९ गते १४:१७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI