सत्ताको उन्माद छाडी जनताको जीवन रक्षामा जुटन काङ्ग्रेस गण्डकी प्रदेशको सरकारलाई आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ९ गते १६:५९
सत्ताको उन्माद छाडी जनताको जीवन रक्षामा जुटन काङ्ग्रेस गण्डकी प्रदेशको सरकारलाई आग्रह

नवलपुर । नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदियदलले सत्ताको उन्माद छाडी जनताको जीवन रक्षामा जुटन सरकारको ध्यानाकर्षण गराएको छ । साथै दलले सोमबार जारी गरिएको दुई वटा अध्यादेश फिर्ता लिन सरकार सँग माग गरेको छ । दलको आज सम्पन्न भिडियो कन्फ्रेन्स बैठक पछि विज्ञप्ति जारी गर्दै संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सो कुरा बताएका हुन ।

” कोरोना संक्रमण सँगै पूरा विश्व एक भएर लडिरहेको अवस्थामा नेपाल सरकारले संवैधानिक परिषद र राजनैतिक दल सम्बन्धि जारी गरेको अध्यादेशले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको छ , कोरोना र भोकमरीबाट जनतालाई जोगाउने प्रधान दायित्वबाट सरकार विमुख भएर सत्ताको उन्मादमा लाग्नु ईतिहासकै दुखद घटना र बेमौसमी बाँसुरी हो” काङ्ग्रेस द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


बैठकले वर्तमान संविधान निर्माण गरिदा राजनैतिक स्थिरताको बन्दोबस्ती गरिएको र संवैधानिक निकायमा साझा स्वामित्वको परिकल्पना गरिएको तर नागरिक संकटमा भएको बेला सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणिकरणले सबै व्यवस्थालाई उलंघन गरेको आरोप लगाउदै अलोकतान्त्रिक र संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिई सत्ताको उन्माद बाट माथी उठेर कोरोनाको संकट बाट जनताको जीवन रक्षामा जुटन काङ्ग्रेसले माग गरेको संसदीय दलकी सचेतक ओमकला गौतमले बताईन ।

प्रकाशित : २०७७ वैशाख ९ गते १६:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI