उदयपुरमा थप एक जनामा कोरानो संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ९ गते १७:०९
उदयपुरमा थप एक जनामा कोरानो संक्रमण पुष्टि

उदयपुरमा थप एक जनामा कोरानो संक्रमण पुष्टि भएको छ । टेकु स्थित राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालामा भएको उदयपुरबाट ल्याइएको नमुना स्वाब परीक्षणका क्रममा ३३ वर्षीया युवकमा सो संक्रमण फेला परेको स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. विकास देवकोटाले बताउनुभयो ।
यस अघि नै उदयपुरका भुल्के मस्जिदमा रहेका १२ भारतीय तथा एक नेपाली गरी १३ जनामा कोरोना संक्रमण पाइए पछि प्रदेश १ सरकारले खटाएको स्वास्थ्य कर्मीको टोलीले संकलन गरेको स्वाबको कोशी प्रादेशिक अस्पतामा गरिएको पीसीआर परीक्षणमा थप ८ जनामा संक्रमण भएको पाइएको थियो ।
त्यस्तै नेपाली सेनाले पनि सो क्षेत्रबाट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं ल्याएको थियो । ती आठ जनाका संक्रमण पुनः पुष्टि गर्न स्वाबको नमुना धारानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण भई रहेको र ती आठ व्यक्तिलाई क्वारेन्टाइनमा राख्न धरान पठाइएको थियो।

प्रकाशित : २०७७ वैशाख ९ गते १७:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI