No ads found for this position

हुप्सेकोटका नयाँ प्रमुख प्रशासकीय अधिकृत सापकोटा भन्छन : टुटेका मनहरु जुटाउनुछ

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ९ गते २१:५०
No ads found for this position
हुप्सेकोटका नयाँ प्रमुख प्रशासकीय अधिकृत सापकोटा भन्छन : टुटेका मनहरु जुटाउनुछ
No ads found for this position

हुप्सेकोट । लामो समयदेखी प्रमुख प्रशासकिय अधिकृत बिहिन हुप्सेकोट गाउँपालिकाले नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा कृष्ण सापकोटालाई पाएको छ । यो सङ्गै माटो काण्ड बाट बिजारोपण भएको किचलो तत्कालका लागी समाप्त भएको छ । प्रमुख प्रशासकिय अधिकृतका रुपमा हुप्सेकोट आएका सापकोटा यस अघि गृह मन्त्रालयमा कार्यरत थिए । सापकोटाले हुप्सेकोटमा बैशाख ८ गते देखि जिम्मेवारी सम्हालेका छन । ” पालिकाको बिकाश जन प्रतिनिधिले जुटेर गर्ने हो । तर यहाँ उहाँहरुको(जनप्रतिनिधि) मन टुटेको अवस्था छ टुटेको मन जुटाउनु नै मेरो पहिले उदेश्य रहन्छ ” सापकोटाले थप्छन “नियमित काम कारबाही बाहेकका अन्य योजनाहरु सबै क्षेत्र सङ्गको अन्तरक्रिया पछि बनाउनेछु ।” उनले तत्कालका लागि कोरोना भाईरस (कोभिड 19) को रोकथाम र गाउँपालिकाको समग्र अवस्थाको अध्यनमा समय खर्चिने जानकारी दिए ।

हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पाण्डेले नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाको कार्यकालमा आफुले देखेको सबल,सक्षम र समृद्ध हुप्सेकोटको सपना पूरा हुनेमा बिश्वास ब्यक्त गरिन । सापकोटालाई गाउँपालिका अध्यक्ष पाण्डे सङ्गै उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ल लगायतका जनप्रतिनिधि एबं कर्मचारिले कार्यालयमा स्वागत गरेका थिए ।

प्रकाशित : २०७७ वैशाख ९ गते २१:५०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI