दुईदिन अघि मात्र भारतबाट नेपाल आएका थिए कावासोतीको क्वारेण्टाईनबाट भागेका युवा , अझै कुनै पत्तो लागेन

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ९ गते २१:५८
दुईदिन अघि मात्र भारतबाट नेपाल आएका थिए कावासोतीको क्वारेण्टाईनबाट भागेका युवा , अझै कुनै पत्तो लागेन

नारायण प्रभु/नवलपुर
नवलपुरको कावासोती नगरपालिकाले राखेको क्वारेण्टाईनबाट भागेका मध्य एक युवा दुईदिन अघि मात्र भारतबाट फर्किएको खुलेको छ । उनि सहित तिन जना मंगलबार बिहान देखि क्वारेण्टाईनबाट भागेर वेपत्ता भएका छन् । भागेको १२ घण्टा वित्न लाग्दापनि उनिहरुबारे कसैले सुइँको पाएको छैन ।

क्वारेण्टाईनबाट भागेकाहरुमा आइतबार भारतबाट आएका भनिएका रिठेपानी घर भएका अन्दाजी वर्ष २२ का सुरज परियार, उनका सहोदर दाजु अन्दाजी ३७ वर्षका कृष्ण परियार र कोइलापानीका अन्दाजी ३५ वर्षका सन्तोष बि. क. रहेको वडाध्यक्ष नारायण पन्तले जानकारी दिए ।

आइतबार राती घर आइपुगेका सुरज र अन्य दुई जनालाई स्थानीयले सोमबार लागुपदार्थ सेवन गर्दै गरेको अवस्थामा जङ्गलबाट पक्राउ गरि कावासोती नगरपालिकाले निर्माण गरेको कुमारी शैक्षिक गुठी कावासोती ३ को क्वारेन्टाइनमा पठाएको थियो ।

क्वारेन्टाइनमा पनि शंकास्पद कार्यहरु गर्दै गरेका उनिहरु मंगलबार बिहान अन्दाजी ४ बजे त्यहाँबाट फरार भएका हुन। उनिहरु कावासोत िनगरपालिकाले खटाएको नगर प्रहरीको आँखा छल्दै त्याहाँबाट भाग्न सफल भएका थिए ।

पारिवारिक स्रोतका अनुसार उनिहरुले लागू औषध प्रयोग गर्ने र सो को व्यवस्था क्वारेन्टाइनमा नभएपछि सायद भागेको हुनसक्ने उनिहरुको भनाइ रहेको छ । भारतको पन्जाब बाट आएका भनिएका सुरज घरमा आएको थाहा पाएपछि स्थानीयले जनप्रतिनिधिलाई खबर गरेका थिए ।

तर सुरजको दाइ कृष्णले आफ्नो अंकल भारतबाट सिधै घर नआएको बताए । उनी करिब ३ महिना पहिला नै भारतबाट आएका र चितवनमा मजदुरको काम गरिरहेको उनको दावी छ । तर स्थानीयहरुले भने उनी भारतको पंजावबाट बिभिन्न बाटो र साधनको प्रयोग गर्दे घर आएको बताएका छन् ।

उनिहरु क्वारेन्टाइनबाट फरार भैसकेपछी सर्वत्र चासो र त्रास पैदा भएको छ । उनिहरु क्वारेण्टाईनबाट किन र कसरी भागे भन्ने बिषयमा सबैतिर चर्चा हुन थालेपछी शसस्त्र प्रहरी बल, नेपाल प्रहरीको टोलि ,स्थानीय जनप्रतिनिधि लगायत सबैले खोजी कार्य जारी राखेका छन् ।

प्रकाशित : २०७७ वैशाख ९ गते २१:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI