पश्चिम नवलपरासीमा आरडिटी गर्दा एक जनामा पोजिटिभ देखिएपछी थप परिक्षण लागि भैरहवा पठाईयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ९ गते २२:२५
पश्चिम नवलपरासीमा आरडिटी गर्दा एक जनामा पोजिटिभ देखिएपछी थप परिक्षण लागि भैरहवा पठाईयो

परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा गरिएको ‍र्‍यापिड टेस्ट (आरडिटी परीक्षण) एक जनामा कोरोना पोजेटिभ देखिएको छ । बर्दघाट नगरपालिका–४ का ७८ वर्षीया वृद्धमा गरिएको ‍र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको हो । पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा गरिएको परीक्षणमा संक्रमण पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख .गौरव ढकालले  बताए ।

उनको भने– ‘दुईपटक परीक्षण गर्दा पोजेटिभ आएपछि थप परीक्षणका लागि भैरहवा पठाएका छौं, त्यहाँबाट कन्फम् हुन्छ ।’ छातिमा समस्या आएपछि उनी अस्पताल पुगेका थिए ।  ती बृद्धाको शुरुमा बर्दघाटस्थित चिसापानी अस्पतालमा परीक्षण गरिएको हो ।

उनको स्वाब निकालेर थप परीक्षण गर्न भैरहवास्थित जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको छ । बिरामी पनि साथै आएका छन् । परीक्षणमा कोरोना संक्रमण देखिएपछि उनका सबै परिवारलाई तत्कालै ‍र्‍यापिड टेस्ट गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभि आएको छ ।

जिल्लामा  ‍र्‍यापिड  टेस्ट गरिएकामध्ये कोरोना संक्रमण देखिएको यो पहिलो हो । जिल्लामा हालसम्म १ सय ३१ जनाको ‍र्‍यापिड टेस्टबाट परीक्षण गरिएकोमा सबैको रिपोर्ट  नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख ढकालले बताए ।

यदि  भैरहवाबाट पुष्टि भयो सवै परिवारको हिस्ट्री  निकालेर थप सर्तकता र उपचार विधिमा लैजाने उनले बताए । प्रदेश ५ मा र्‍यापिड टेस्टका क्रममा संक्रमण देखिएको यो पहिलो केश हो । रिपोर्ट भोली बिहानसम्म आउने उनले जानकारी दिए ।

प्रकाशित : २०७७ वैशाख ९ गते २२:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI