कावासोतीको क्वारेन्टाइनबाट फरार रहेका तिनै जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १० गते ८:५९
कावासोतीको क्वारेन्टाइनबाट फरार रहेका तिनै जना पक्राउ

नारायण प्रभु/नवलपुर
मङ्गलबार क्वारेन्टाइनबाट फरार रहेका कावासोती वडा नं. १ का तिनजना युवाहरू पक्राउ परेका छन। आइतबार भारतबाट आएका  रिठेपानी घर भएका अन्दाजी वर्ष २२ का सुरज परियार, उनका सहोदर दाजु अन्दाजी ३७ वर्षका कृष्ण परियार र कोइलापानीका अन्दाजी ३५ वर्षका सन्तोष बि. क.लाई रातको ३ बजेतिर रिठेपानीमा रहेको उनिहरुकै घर नजिकबाट पक्राउ गरिएको वडाध्यक्ष नारायण पन्तले जानकारी गराउनु भयो।भारतबाट आइतबार राती घर आइपुगेका सुरज र अन्य दुई जनालाई स्थानीयले सोमबार लागुपदार्थ सेवन गर्दै गरेको अवस्थामा जङ्गलबाट पक्राउ गरि कावासोती नगरपालिकाले निर्माण गरेको कुमारी शैक्षिक गुठी कावासोती ३ को क्वारेन्टाइनमा पठाएको थियो।क्वारेन्टाइनमा पनि शंकास्पद कार्यहरु गर्दै गरेका उनिहरु बिहान अन्दाजी ४ बजे त्यहाँबाट फरार रहेका थिए।उनिहरु क्वारेन्टाइनबाट फरार भैसकेपछी सर्वत्र चासो र डर पैदा भएसङ्गै शसस्त्र प्रहरी बल, नेपाल प्रहरीको टोलि, जनप्रतिनिधि, स्थानीयले खोजीकार्य शुरु गरेका थियो। राती पक्राउ परेका उनिहरुलाई पुन: नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको अध्यक्षले बताउनुभयो।

प्रकाशित : २०७७ वैशाख १० गते ८:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI