विश्वभर २५ करोड भन्दा धेरै भोकमरीको जोखिममा:संयुक्त राष्ट्र संघ

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १० गते ९:४४
विश्वभर २५ करोड भन्दा धेरै भोकमरीको जोखिममा:संयुक्त राष्ट्र संघ

एजेन्सी । संयुक्त राष्ट्रसंघले कोरोनाको संक्रमणपछि विश्वभर भोकमारीको उच्च जोखिम रहेको चेतावनी दिएको छ । बिस्तारित तहको गम्भीर अनिकाल वा भोकमरीको जोखिम बढ्दै गएको संयुक्त राष्ट्रसंघको चेतावनी छ । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का प्रमुख डेविड बिज्लेईले भोकमरीका कारण उत्पन्न हुने गम्भीर दुर्घटना वा विनाशबाट जोगिनका लागि तत्काल उपयुक्त प्रयासको खाँचो रहेको बताएका छन् । विश्वभर भोकमरीका कारण समस्यामा पर्नेको संख्या १३ करोड ५० लाखबाट बढेर २५ करोड भन्दा बढी पुग्ने आँकलन गरिएको छ । डब्लुएफपीका अनुसार भोकमरीका कारण सबैभन्दा बढी प्रभावित १० देश हुनेछन् । द्वन्द्व, आर्थिक संकट र जलवायु परिवर्तनको प्रभाव अधिक परेका देशहरु भोकमारीको जोखीममा रहने भनिएको छ ।
ग्लोबल रिपोर्ट अन फुड क्राइसिसको चौथो वार्षिक प्रतिवेदनमा यमन, प्रजातान्त्रिक गणतन्त्र कंगो, अफगानिस्तान, भेनेजुएला, इथियोपिया, दक्षिण सुडान, सुडान, सिरिया, नाइजेरिया र हाइटीलाई भोकमरीको सबैभन्दा उच्च जोखिममा रहेका देशको सूचिमा राखिएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको भिडियो कन्फ्रेन्स मार्फत भएको बैठकमा सम्बोधन गर्दै डब्लुएफपीका प्रमुख डेविडले सम्भावित गम्भीर अनिकाल विरुद्ध विश्वले अति तीव्र तर बुद्धिमतापूर्ण ढंगले काम गर्नु पर्ने बताए ।

प्रकाशित : २०७७ वैशाख १० गते ९:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI