सरकारले जारी गरेको अध्यादेश विरुद्ध यस्ता छ्न काङ्ग्रेसका रणनीति

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १० गते ११:०९
सरकारले जारी गरेको अध्यादेश विरुद्ध यस्ता छ्न काङ्ग्रेसका रणनीति

काठमाडौ । सरकारले प्रतिपक्षी दलको भूमिका खुम्च्याउने गरि संवैधानिक परिषद सम्बन्धी र पार्टी विभाजनमा खुकुलो प्रावधानसहित दुईवटा अध्यादेश सोमवार जारी गरेको छ । कांग्रेसले अध्यादेशको विरोध गर्दै फिर्ता लिन माग गरिसकेको छ । तर नेपाली कांग्रेसले अध्यादेशको विरोधमा अन्य विपक्षी दलहरुसँग समान धारणा बनाउन प्रयास गर्ने भएको छ ।
कांग्रेसले बिहीबार दिँउसो पार्टी कार्यालय सानेपामा विपक्षी दलहरु राजपा, समाजवादी, राप्रपालगायतका दलसँग छलफल गर्न लागेको हो । अरु दलसँग कांग्रेसले अध्यादेशबारे आफ्नो धारणा राख्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । नेकपाबाहेक अरु दलले अध्यादेश फिर्ता लिन माग गर्दै विरोध जनाएका छन् । नेकपाभित्र पनि अध्यादेशप्रति तीव्र असन्तुष्टि देखिएको छ । मंगलवार बसेको कांग्रेस पदाधिकारी बैठकले अध्यादेश संविधानका लागि अशुभ संकेत भएको निष्कर्ष निकाल्दै फिर्ता लिन माग गरेको थियो ।

प्रकाशित : २०७७ वैशाख १० गते ११:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI