कोरोनाले देखाएको बाटो र चलायमान अर्थतन्त्र

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १० गते १२:२३
कोरोनाले देखाएको बाटो र चलायमान अर्थतन्त्र

गुणनिधी तिवारी
नेपालमा जलश्रोत, कृषि, पर्यटन लगायतका क्षेत्रमा प्रसस्त आधार र सम्भावना छन् । तर पछिल्लो समय कोरोना भाईरसले विश्व अर्थतन्त्रमा पारेको प्रभाव र कोरोना संक्रमणको नियन्त्रण लाई लक्षित गरि नेपालमा गरिएको लक डाउनका कारण अहिले मुलुकका अधिकांश उद्योग, कलकाखाना ,व्यापार व्यवसाय , ठप्प हुँदा सबैभन्दा ठूलो प्रभाव रोजगारीमा परेको छ । नेपालको ठुलो सम्भावना भएको पर्यटन क्षेत्र नराम्रो गरी प्रभावित भएको छ । एकाध बाहेक विकास र पूर्वाधार निर्माणका काम समेत ठप्प छन् । घरजग्गा कारोबार पनि ठप्प हुनुका साथै उत्पादन गर्ने उद्योगका मेसिन जाम हुने भएका छन । अनि यी क्षेत्रमा बैक वित्तिय सस्थाकोे पनि ठुलो लगानी छ ।

तसर्थ सरकारले अब मुलुकमै रोजगार सृजना हुनेगरि आत्म निर्भर वनाउने वाटो खोज्न जरुरी छ । जसका लागि अब महत्त्वपूर्ण प्राथमिकताका क्षेत्र तोकि अहिलेको खर्च नभएको विकास वजेटलाई रकमान्तर गरि अर्थतन्त्र लाई चलायमान गराईराख्न कम्तिमा १ वर्ष निर्ब्याजी रूपमा यस्ता क्षेत्रमा लगानी गरिदिई निजि क्षेत्र संग हातेमालो गर्न आवश्यक देखिन्छ। सबै क्षेत्रलाई समेटने गरि सरकारले आर्थिक प्याकेजको घोषणा गर्नु पर्छ । अहिले राज्यको लगानीको प्रतिफल भोलि अवश्य राम्रो हुनेछ !

अहिले खाद्यान्न आपुर्ति सहज रूपमा भईरहे पनि भारतमा कोरोनाको संक्रमण वढ्दो छ जस्लोगर्दा हाम्रो आयात समेत प्रभावित हुनेछ । यो फरक र बिषम परिस्थिति मा सबै क्षेत्र चनाखो भएर अघि बढ्न आबश्यक छ ।

कोरोनाको त्रासमा एक महिना लकडाउनमा विताई सकेका हामीले कोरोनाको कहर र त्रास मात्र होईन अब अझै एक महिना मात्र हामी लकडाउनमा वस्ने अवस्था आएमा त्यसले लकडाउनवाट रोजगार विहिन भएका अधिकास मजदुरमा भोकमरिको समस्या समेत निम्त्याउने पक्का छ । अनि लकडाउनले प्रभावित हर क्षेत्र धेरै वर्ष माथि उठन नसक्ने देखिन्छ। अहिले खाद्यान्न आपुर्ति सहज रूपमा भईरहे पनि भारतमा कोरोनाको संक्रमण वढ्दो छ जस्लोगर्दा हाम्रो आयात समेत प्रभावित हुनेछ । यो फरक र बिषम परिस्थिति मा सबै क्षेत्र चनाखो भएर अघि बढ्न आबश्यक छ ।

उद्योगी व्यवसायि, शिक्षक, कर्मचारि, संचारकर्मि मजदुरको मनोवललाई यथावत कायम राखि अर्थतन्त्र लाई चलायमान गराउन पैसाको अभाव छ भन्ने अवस्था आउन दिन हुदैन । अब सीप सिकेर विदेशवाट फर्केका र स्वदेशमा केही गर्छु भन्ने आट भएका जनशक्ति हरूको वारेमा पनि सरकारले तत्काल ठोस योजना वनाउन आवश्यक देखिन्छ। सिपमुलक शिक्षामा जोडदिदै कृषि र पर्यटन विकासका पुर्वाधार विकासमा स्थानिय सरकारले समेत तत्काल स्पस्ट योजना ल्याएर अगाडि बढ्न जरूरी छ ।

तसर्थ अहिले अहोरात्र खटिएका स्वास्थ्यकर्मी ,सुरक्षाकर्मीहरूलाई सुरक्षित उपकरण उपलब्ध गराई सेवा सुबिधा दिई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउदै बिपन्न जनता, निर्बाहमुखी ब्यवसायीहरू र उधोग ब्यवसायको संरक्षण गर्न सरकार उदार हुनु पर्छ !!
सरकारबाट गरिएको लकढाउनको हामी सबैले पालन गरौं । बाचौं र बचाऔं !

(लेखक तिवारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष हुन् )

प्रकाशित : २०७७ वैशाख १० गते १२:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI