पुर्वी नवलपरासीमा आरडिटी कीट थपियो

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १० गते १२:५९
पुर्वी नवलपरासीमा आरडिटी कीट थपियो

कावासोती । पुर्वी नवलपरासीमा पहिलो चरणमा प्राप्त भएका ४ सय ९२ आरडिटी कीट सकिए पछि प्रदेश सरकार मार्फत थप ५ सय २० आरडिटी किट आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

थप भएको ५ सय २० मध्ये २ सय ६० कीट जिल्ला स्वास्थ्य कार्यालय आएको र बाकी २ सय ६० किटले बुलिङ्गटार गाउँपालिकामा रहेका काली गण्डकी कोरिडोरमा काम गर्न आएका मजदुरको परिक्षण गरिने जनाईएको छ । कोरिडरमा काम गर्ने ७ सय भन्दा धेरै मजदुर रहेकोमा धेरै जसो लकडाउन पछि घर फर्किए पनि अझै पनि ३ सयको हाराहारीमा रहेको बुलिङ्गटार गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले बताए ।

पहिलो चरणमा प्राप्त ४ सय ९२ आरडिटी कीट मार्फत जिल्लाका सबै स्थानीय तहमा कोरोना परिक्षण गरिएकोमा सबै परिक्षणको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईंले बताए ।

प्रकाशित : २०७७ वैशाख १० गते १२:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI