महामन्त्री कोइरालाद्वारा जिल्लाका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १० गते १५:०२
महामन्त्री कोइरालाद्वारा जिल्लाका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री सहयोग

नेपाली काङ्ग्रेसका महामन्त्री एवं पुर्वी नवलपरासी क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा शशांक कोइरालाले जिल्ला प्रसासन कार्यालय मार्फत जिल्लाका स्थानीय तहका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन ।
कोरोनोको महामारी सँग अग्रमोर्चामा रहेर लडेका स्वास्थ्यकर्मीको सहजताको लागि स्वास्थ्य सामाग्री उपलब्ध गराईएको कोइरालाका स्वकीय सचीव भरत तिवारीले बताए । बुधबार नेपाली काङ्ग्रेस पुर्वी नवलपरासीका सभापति एवं प्रदेश सभा सदस्य विष्णु लामिछानेले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई सामाग्री हस्तान्तरण गरेका छ्न । कोईरालाले पठाएको सामाग्रीमा एन 95 माक्स ७५ थान, १७ थान थर्मल गन सेनिटाईजर ८० लिटर, पिपिई ६० थान, ५ सय सेट पन्जा, २७५० थान माक्स रहेको लामिछानेले बताए ।

संघिय सांसद मार्फत आएका सामाग्रीले कोरोना महामारी नियन्त्रणमा सहयोग पुग्ने भन्दै जिल्लाका स्थानीय तहका सबै स्वास्थ्य संस्थामा पठाउने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

प्रकाशित : २०७७ वैशाख १० गते १५:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI