बर्दघाटका वृद्धको पिसिआर रिपोर्ट नेगेटिभ

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १० गते १६:०१
बर्दघाटका वृद्धको पिसिआर रिपोर्ट नेगेटिभ

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका ७८ वर्षीय पुरुषमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर ४ निवासी उनको बर्दघाटको चिसापानी अस्पतालमा दुईपटकसम्म र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा पोजेटिभ देखिएपछि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको हो ।
‘प्रदेश ५ मै पहिलोपटक र्‍यापिड टेस्टमा पोजेटिभ देखिएको थियो, यहाँ जाँच गर्दा नेगेटिभ रिपोर्ट आयो,’ प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा‍. राजेन्द्र गिरीले भने । ती जेष्ठ नागरिकको परिवारका सबै सदस्यहरुको भने र्‍यापिड टेस्टको रिपोर्ट नेगेटिभ आएको थियो । छातीमा समस्या आएपछि अस्पताल पुगेका उनी एक वर्ष पहिले अमेरिकाबाट फर्केका थिए । यसअघि पश्चिम नवलपरासीमा १ सय ३१ जनाको र्‍यापिड टेस्ट गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित : २०७७ वैशाख १० गते १६:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI