लकडाउनमा अनलाईनबाटै अध्यापन गराउँदै अक्सफोर्ड कलेज

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १० गते १७:०२
लकडाउनमा अनलाईनबाटै अध्यापन गराउँदै अक्सफोर्ड कलेज

बैशाख १०,चितवन । कोरोना भाइरस (कोभिड १९)को कारण हाल आधा विश्व लकडाउनको अवस्थामा छ । नेपाल पनि गत चैत ११ गते देखि लकडाउनमा रहेको छ । यो अवस्था कहिले सामान्य अवस्थामा जान्छ भनेर भन्न सक्ने स्थिति अहिले छैन ।

यो समयमा धेरै क्षेत्र प्रभावित भएका छन् । शैक्षिक क्षेत्रमा पनि यसको प्रभाव निकै ठूलो परेको छ । तर नवलपुरको गैंडाकोटमा रहेको
अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले भने अनलाईन कक्षाहरु संचालन गर्दै विद्यार्थीलाई लकडाउनको महसुस गराउन दिएको छैन ।

‘करिव दुई वर्ष अधि कक्षाकोठमा अध्यापन गर्नको लागि जडान गरिएको यो अनलाईन प्रविधि अहिले लकडाउनका कारणले घर–घरमा रहेका विद्यार्थी पढाउनको लागि प्रयोग गरिएको कलेजका प्रिन्सपल हरि भण्डारीले जानकारी दिए । ’

अनलाईन मार्फत अध्ययन गरिरहेका विद्यार्थीहरु भन्छन ‘ हाल कोरोना भाईरसको कारण लकडाउन भयो, भोलि अर्को के समस्या आईपुग्छ भनेर हामी भन्न सक्दैनौं । त्यसैले अब सबै शैक्षिक संस्थाहरुले अक्सफोर्ड कलेजले जस्तै अनलाईन कक्षा संचालन गरेर प्रविधीतर्फ अधि बढ्न जरुरी छ ।’
अनलाईन कक्षामा भएको सबै पढाई रेकर्ड हुने र कुनै विद्यार्थीले ईन्टरनेट समस्या भएको कारण कक्षामा सामेल हुने नपाएको अवस्थामा पछि रेकर्ड भएको कक्षाको पढाई दोहोराएर पढ्न पाउने छन ।

प्रकाशित : २०७७ वैशाख १० गते १७:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI