पुर्वी नवलपरासीमा आरडिटी तिब्र : बुधबार मात्रै २ सय ४९ टेस्ट, सबै रिपोर्ट नेगेटिभ

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १० गते १८:०८
पुर्वी नवलपरासीमा आरडिटी तिब्र : बुधबार मात्रै   २ सय ४९ टेस्ट, सबै रिपोर्ट नेगेटिभ

कावासोती । पुर्वी नवलपरासीमा र्‍यापिड टेस्टलाई तिब्रता दिइएको छ । बुधबारमात्रै जिल्लामा २ सय ४९ जनाको टेस्ट गरिएकोमा सबै रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पुर्वी नवलपरासीले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार बुधबार सम्म जिल्लामा ७ सय ४७ जनाको आरडिटी र ४५ जनाको स्वाब परिक्षण गरिएकोमा सबै रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पुर्वी नवलपरासीका प्रमुख केशवप्रसाद चापागाईंले बताए । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा लकडाउन सँगै भारत लगाएत अन्य मुलुक बाट आएका व्यक्तिहरु ८ सय ६८ जना रहेको छ जस मध्य अधिकांशको आरडिटि गरिएको र बाकीको शंकास्पद देखिएमा टेस्ट गरिने चापागाईंले बताए ।

प्रकाशित : २०७७ वैशाख १० गते १८:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI