राजधानीमा अलपत्र नगरबासीलाई उद्धार गर्दै मध्यविन्दु नगरपालिका

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १० गते १९:०६
राजधानीमा अलपत्र नगरबासीलाई उद्धार गर्दै मध्यविन्दु नगरपालिका

वैशाख ०९/नवलपुर
मध्यबिन्दु नगरपालिकाले राजधानीमा अलपत्र आफ्ना नागरिकलाई घर ल्याउने तयारी गरेको छ । अध्ययन तथा काम बिशेषले राजधानी पुगेर लकडाउनका कारण अलपत्र रहेका मध्यबिन्दु नगरबासीलाई घर ल्याउने तयारी गरिएको नगर प्रमुख चन्द्र बहादुर रानाले जानकारी गराए ।
जारी लकडाउनको समय बढ्दै जादा कोहि पनि नगरबासी अलपत्र रुपमा घर बाहिर बस्न बाध्य हुन नपरोस भनेर यस्तो तयारी गरिएको रानाले बताए । मध्यबिन्दु नगरपालिकाको स्थायी बसोबासी भई राजधानिमा अस्थाई बसोबास गर्दै आएका नागरिकले सम्पर्क गरेमा उनिहरुलाई ल्याउनका लागि विशेष ब्यवस्था गरिने रानाको भनाई छ । सवारी साधनलाई सेनिटाईज गरेर सबै किसिमका स्वास्थ्य सुरक्षाको उपाय अपनाएर मात्र उनिहरुलाई घर फर्काउने तयारी नगरपालिकाको छ भने अस्वस्थ नागरिकलाई अहिले रहेकै ठाउँमा सुरिक्षत तरिकाले बस्न समेत नगरपालिकाले सुझाएको छ । राजधानीबाट घर फर्कन चाहने नागरिकले ९८५७०४१४४६, ९८०५४६५००६, ९८५७०४१६८५ मा सम्पर्क गर्न सक्ने नगरपालिकाले जनाएको छ ।

प्रकाशित : २०७७ वैशाख १० गते १९:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI