पत्रकारलाई कोरोना सुरक्षा सामाग्रीका लागि सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १० गते १९:४२
पत्रकारलाई कोरोना सुरक्षा सामाग्रीका लागि सहयोग

बैशाख १० , चितवन । टाटाको आधिकारिक बिक्रेता सफल मोर्टर्स, भरतपुरद्धारा कोरोना जोखिममा पर्ने पत्रकारलाई लक्षित गरी कोराना सुरक्षा सामाग्रीका लागि सहयोग प्राप्त भएको छ । विश्वरभर फैलिरहेको कोराना भाईरसबाट पत्रकार समेत उच्च जोखिममा रहे कोले सहयोग गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक गोपाल भट्टराइले प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललाई १५ हजार ५सय ५५ रुपैयांँको चेक हरुतान्तरण गरेका हुन ।
प्रबन्ध निर्देशक भट्टराईले स्वास्थ्यकर्मी , सुरक्षाकर्मी संँगै सञ्चारकर्मीहरु जोखिम मोलेर समाचार सम्प्रेषण गर्नुपर्ने भएकाले सहयोग गरिएको बताए । ‘पत्रकारपनि कोराना जोखिममा उत्तिकै छन भन्ने बुँझे , भट्टराइले भने , सुरक्षा सामाग्री किन्न मदत पुगोस भनेर सहयोग गरेको हो ।’
अध्यक्ष अनिल ढकालले कोरोना जोखिममा परेर फिल्ड रिपोर्टिङ गर्ने जिल्लाका पत्रकारलाई एन९५ मास्क र सेनिटाइजर वितरण गर्न लागिएको बताए । प्रेस युनियनको मंगलबार बसेको बैठकले ३ लाख रुपैयांँ बराबरको कोरोना राहत कोष स्थापना गरेको थियो । विभिन्न दाताबाट संकलित रकमबाट लकडाउनका कारण समस्यामा परेका जिल्लाका पत्रकारलाई खाद्यान्न वितरण भईरहेको उनले बताए

प्रकाशित : २०७७ वैशाख १० गते १९:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI