No ads found for this position

विजयराज ज्ञवालीका दुई गजलहरु

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १० गते २१:४१
No ads found for this position
विजयराज ज्ञवालीका दुई गजलहरु
No ads found for this position


आफ्ना जति तानिन्छन अरु सब फ्याकिन्छन
एक दिन तिनिहरु पनि अचम्म सङ्ग बढारिन्छन

उ राहतको लाईन बाट भर्खर आएको छ
सायद आज बच्चाहरु बल्ल सम्हालिन्छन

पेटको ज्वाला बोकेर गाउँ लम्कनेहरु पनि
चुनाव आओस न अनि सबथोक बिर्सिन्छन

गलतलाई गलत हो भनेर भन्नू पनि हुदैन यार
अचम्म ! यी हनुमानहरु त्यसै उफ्रिन्छन

जुन जोगी आए पनि कानै चिरिएका जस्तै
आश्वासन अनि सपना सबले कुल्चिन्छन

भाग गुणन घटाउ अनि जोडमा छ जिन्दगी
कतै सिधा बाटो कतै मोडमा छ जिन्दगी

लक्ष्य चुम्ने अभिलाषा अनवरत यात्रा भरी
कतै मिलन भने कतै बिछोडमा छ जिन्दगी

कतै दुख्छ कतै पोल्छ अनि कतै ठेस लाग्छ
बल्झिएको घाउ जस्तै तोडमा छ जिन्दगी

जुवाडेले खेलाएको कुटिल त्यो पासा जस्तै
च्याखे थाप्ने थाप्ने बिचको होडमा छ जिन्दगी

उज्यालो र न्यानो दिन्छु भने पनि अगेनोले
आखिर हुने खरानी नै निचोडमा छ जिन्दगी

प्रकाशित : २०७७ वैशाख १० गते २१:४१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI