सक्छौ भने माफ गर आमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ११ गते ७:५०
सक्छौ भने माफ गर आमा

मुना दाहालनवलपुर ११ बैशाख ।

समयले मानिसलाई कति चोट दिन्छ त्यसको लेखाजोखा पक्कै गर्ने सकिन्न । छानी छानी दिन्छ कि खै जानी जानी दिन्छ चोट हिसाब किताब छ मनमा तर कोसग गर्ने थाहा पाउनै सकेको छैन ।जीवनमा खुशी र हासोको पहिरो गएपछि मनले वहोरेको क्षतिको तुलना मात्र जीवन बाच्नेलाई थाहा हुन्छ , जसको क्षतिको पुर्ति गर्ने कुनै निकाय नै हुदैन ।पश्चताम यस्तो कुरा हुदो रहेछ जसले नबाच्न दिदो रहेछ नत हास्न नै । झन क्षम्म नभएपछि त बाचुन्जेल पोल्ने मात्र रहेछ ।न त दिनको  महशुस हुन्छ न नरात कै मात्रै जीवन पिल्सिएको महशुस हुन्छ । के साच्चै दैवले एउटै जीवनलाई पनि यसरी बरम्बार आघात दिन सक्छ र! के साच्चै उसलाई अलिकति पनि महशुस भएन त्यो पिढा ! हुन त नर्जिवलाई के महशुस हुन्छ ।

जीवनले एक पछि अर्को चोट दिदै गयो सहनुको बिकल्प केही नहुदो रहेछ मान्छेस‘ग ।चुपचाप सहदै गयो मनले ।बिस्तारै बानी पर्दो रहेछ सहने अनि सुन्ने ।देखिएका र सजाइएका सपनाहरु एक पछि अर्को गर्दै बिलिन हुदै जादै थिए मन र मष्तिष्कबाट ।दुई कान र एक मुख भगवानले धेरै सुन्न र थोरै बोल्नलाई भन्नु हुन्थ्यो आमा यही कुरा दोहोर्याउथे उनी पनि ।बानी यही बस्दै गयो ।मनमा छाल बनी उर्लिएका रीसका बेगहरु दुई सम्झिएपछि मत्थर हुदै जान्थे ।मनमा रहने समबेदना क्रमश कम हुदै जान थाले ।मन चाहान्थ्यो कसैलाई केही नभन्ने अनि मन अरुले नि केही नभनोस ।जीवन संर्घष हो बुझ्दै जान थाल्यो ।मान्छेका अनगिन्ती आवश्यकता हुदा रहेछन मानसिक रुपमा शारिरिक रुपमा अनि आर्थिक रुपमा ।शिरमा राख्ने हात हुदॉ सम्म त हिम्मत आउदै थियो संर्घष गर्ने समयले त्यो नि खोसेपछि भने पाइलाहरु लडखडाउन थाले ।आभास हुदै थियो जीवन बिस्तारै निरर्थक हुदैछ भन्ने ।एउटी आमा भएको आभास मनमा छ जुन दायित्व पुरा गर्नुृछ ।हिजो छोरी हुदा पुरा गर्ने नसकेका धेरै कर्तव्य र मनोभाव छ मुटुमा जहॉबाट आत्मा कहिले सन्तुष्टि हुन सक्दैन ।

आमाको महत्व त त्यतिखेर यो जीवनले बुझ्यो जतिखेर स्वयम आफु आमा बन्ने अवसर मिल्यो । साच्चै त्यसपछि मात्र सायद जीवन पुरा भयो । एउटी महिला आमा नबनिकन पक्कै आमाको महत्व र उसको मायाको कदर बुझ्दिन रहिछे ।घरकी कान्छी छोरी म दाई दिदी भन्दा धेरै बर्ष पछि जन्मिएपछि बाल्यकालमा हुने दिदी बहिनीको सम्बन्ध दाई भाइ बिच वालापनमा हुने झगाडा कुनै चीजको आभास नै भएन ।अलिकति बुझ्ने हुदा घरमा आमा बासग म एक्लै थिए ।बुवाको प्यारी छोरीमा आमासगै अलिक डर लाग्थ्यो ।घरको मामाघर सबैतिरको सबैभन्दा सानो भएकोले हजुरबा हजुरआमालाई देख्न पाइन । घरमा जे भन्यो तेही पाइने ।सानो भएकोले दाई दिदीको बहिनी भन्दा नि छोरी सरह रहे सधैभरी ।९ कक्षा पछि आमा बुवालाई छोडेर घरबाट काठमाडौ लागेपछि भने जीवन परिवर्तन हुन थाल्यो । घर जादा सधै आमाले भन्नुहुन्थ्यो धेरै नवोल्नु है,म सोच्थे किन भनेको होला ।पछि बुझ्दै गए आमाले भन्न खोजेको कुरा ।मैले बोलेका कुनै नराम्रो शब्दले कसैको मनमा नराम्रो लाग्ला ।खै गफ गर्ने मान्छे नभएर होकी बानी नै त्यस्तै हो बस्दै गयो ।

जीवनको गति चल्दै गयो आमा बुवालाई छोडेर बस्न थालेका १० बर्ष बितिसकेको थियो ।मलाई यो चाहियो भनेर कहिल्यै कसैको अगाडी भन्नलाई मुख नै लागेन ।आमालाई बाहेक सायद कसैलाई यो चाहियो भनेर भनेको याद छैन ।कति आवश्यकता पुरा भए कति भएन त्यो आफ्नै ठाउ‘मा छ ।राम्रो भन्दा सफा लगाउनु पर्छ भन्ने भयो । आवश्यकताहरु जीवनको दायित्व बढ्दै जादा खुम्चिदै गए ।जीवनको यात्रा पनि गजब्बको हुदो रहेछ जीवनका गोरेटामा भेटिएका सबैको याद त कहॉ हुदो रहेछ र ।जीवन यात्राको क्रमसग‘ भेटिएकाको सबैको न नाम याद छ न अनुहार ।केही भने यसरी मुटुमा बस्दा रहेछन भुल्छु भनेर नि नभुल्ने ।

जीवनमा भेटिने र छुटिने क्रम चल्दै थियो केही यसरी छुट्यो कि फेरि जीवन उजाड बनायो जन्म दिने पछिकी अर्को आमा मेरी दिदीको जीवनबाट सप्तरङ्गी रगंहरु खोसिए ।जीवनमा पहिलोपटक उसलाई असिनाले चुटेर बिक्षिप्त भएको रुख जस्तो देखे जो सेतो साडीमा बेरिएकी थिई ।त्यसपछि भने सेतो रङ्ग सेतो चीज देखिनै घृणा लागन थाल्यो । सेतो देख्ने बित्तिकै आङ्ग जिरिङ्ग हुन्थ्यो । जीवन त कहॉ रोकिदो रहेछ र चल्दै गयो चल्दै गयो कहिले खुशी बनेर जिवन एक छिन भएपनि रम्ने रहेछ ।जीवनले खुशीका रंगहरु भर्दे थियो ।जीवनभरीको माया गर्ने साथी पाएर रम्दै थियो ।खुशी कहॉ देख्न सक्थ्यो र पल भरीको खुशी एक निमेशमा कतै हुरी आएर उडायो ।दुई दिन अघि मेरो नानीहरु तेरो  जिम्म भनेकी मेराी आमा समानकी दिदि सधै भरीका लागि निदाई ।कसैले उठाउनै सकेन ती कहिला छोरीहरु चिच्यादा पनि उठिन निष्ठुरी बनेर सधैका लागि निदाई ।ती कलिला हातले आगो लगाउदा यी ऑखाले मात्र हेरिरहे । त्यस पछि हरेक मातातिर्थमा दुइटी छोरीको फोन सबै भन्दा पहिला मेरो मोवाइलमा आउछ । म भने उसको फोटो हेर्ने गर्छु हरेक आमा औंसीमा  ।भगवानको लिला त होला अचम्मको सबै कुरा स्वीकार्नु बाहेक के नै गर्ने सकिन्थ्यो ।उसले पढिन भनेर पछि सम्म पनि ठुलो दाईले दिदिलाई कराएको याद छ ।त्यही भएर होला भिनाजु पछि हरेक कुराको लागि कान्छी भन्दै सोध्ने गर्थि ।उसका सपना अधुरै रहयो होला कति ।

जब पहिलो पटक आफु आमा बने अनि जीवन पूर्ण भएको महसुश भयो ।आमाबाट टाढा बसेपछि महत्व बुझेको थिए तर आमा बनेपछि माया बुझे ।सायद हरेक आमालाई मात्र महसुश हुन्छ छोराछोरीको माया । तिनीहरुलाई थाहा हुन्न नौ महिना पेटमा राखेर पहिलो पटक सन्तानलाई देख्दा र छुदाको आनन्द ,अनि लाग्छ साच्चै स्वर्ग भनेको उही हो ।कसैले एकछिन गरेको माया आमाको मायाको अगाडि निरर्थक छ । छोरीको हॉसो अनि उसका रुवाईसगै जीवन अगाडी बढ्दै थियो ।समयले यस्तो नियती दियो समय नै रोकिए झै भयो । जीवनमा उठ्ने साहस नै रहेन ।जविन सुन्य बन्यो खै ताकत र हिम्मत कसरी आयो आफ्ना सबै खुशी हॉसो सपना सबै घाट सम्म लगेर जलाएर आयो यी दुई हातले । मनले यस्तो सोच्थ्या अब कहिले बिहान घाम उदाउन्न होला अनि रहेक सॉझ घाम अस्ताउन्न होला ।कुनै चाड आउन्न होला हुन त त्यसपछि जीवनमा कुनै चाड आएको छ । सायद फेरि दशै, तिहार, तीज आउलान भन्ने नै लागेन  ।फाटेको मन सिलाउन बाहेक के नै हुने रहेछ त्यो सिलाउन सधै मेरी आमाले हौसला दिइन ।बॉच्न सिकाइन ।बाचेपछि मान्छेका अनगिन्ती आवश्यकता हुने रहेछ ।जिम्मेवारी बढ्दै थिए पुरा गर्ने बाटो घट्दै थिए ।जीवन यसरी थकित बन्यो सामान्य हुने मौका नै पाएन जीवनको आलो घाउमा अर्को ठेस लाग्यो। यी ऑखाले हेदाहेदै बुबाका ऑखा बन्द भए ।छोरी सगै उसकी आमा पनि टुहुरी बनेकी थिई । त्यसपछि आमाका आखॉमा हेर्ने साहस नै आएन ।धिक्कार लाग्छ जीवन अनि छोरी भएकोमा अफसोस हुन्छ कहिले कॉही। त्यो पिढामा आमालाई छोडेर बुवाको काम सकिने बितिक्कै हिडे ।खै मन कसरी मान्यो या मनै ढुङ्गा भएको थियो ।त्यसपछि फोन गर्ने बाहेक केही गर्ने सकिन ।प्रत्येक दिन आमा गल्दै गइन । खै हिम्मत दिने केही भएनन की आफै बाच्न खोजिनन ।खबर सोध्न बाहेक केही गर्ने सकिन । सायद आमाको मनबाट बाच्ने जिजिविसा सकिन थालेको थियो कि ।आमा सारै बिरामी भएपछि दाई गयो ।म जान पाइन म आफ्नै बाध्यतामा रुमलिदै थिए‘ ।आमा काठमाडौ आएपछि दिन झन बोझिला बन्दै गए‘ ।

जे सुकै होस भनेर आमालाई हेनै गए ।उठेर बस्न सक्ने हुनु भएछ ।२ दिन आमास‘ग बसेर फर्किए ।जीवनको यादगार समय बन्यो त्यसपछि आमाले कहिले आफ्नो हात मेरो टाउकोमा राख्नु भएन । उहाका हातले स्पर्श गरेन ।कहिलेकाही साच्चै कसैको बोलीले जीवनभर पोल्दो रहेछ त्यस्तै भयो ।कहिलेकाही आफ्ना भनाउदासग नै रिस उठछ ।त्यो भन्दा धेरै आफैस‘ग ।त्यसपछिका दिन अनि आमाका बोली जसले मलाई आज पनि निदाउन दिदैन ।हरेक सॉझ अनि बिहान नानी आइजन भेट्न भन्नु भयो ।हरेक पल मेरो बाहेक अरु कसैको बारेमा सोच्नु भयो होला र ।आउ‘छु नि भन्दै आमालाई सान्त्वना बाहेक केही गरिन ।सायद मनमा धेरै कुरा थिए जुन मलाई भन्नु थियो ।घरमा आउने हरेकलाई नानीलाई बोलाइदै भन्दै बेलाइदिन लगाउने गर्नु हुन्थ्यो ।आमा काठमाडौ गएको एक महिना भइसकेको थियो । मन त नभएको हैन तर केही बाध्यता थियोकी केही अप्ठयारा औल्याउनै सकिन ।जीवन भरको पछुतो थियो सायद ।मेरो लागि आमा भन्दा अर्को ठुलो कुनै बाध्यता हुनु नपर्ने थियो ।एकदिन फुपुकी छोरीले फोन गरेर भन्न्ुा भयो कति सारो निष्ठुरी भकि हौ ।एक चोटी त आउन बरु भोली पल्टै फर्क जीन्दगी भर पछुतो होला कान्छी भनेपछि मन अतालियो ।मनले गइ हालौ भन्ने भयो तर वाध्यता अगाडी छदै थियो । हुन त आफुले चाहेको ठाउ‘मा नगएको त कहॉ होर ?कहिले काही त्यही घात पनि बन्दो रहेछ की । भाउजुलाई फोन गरे ठिकै छ भन्नु भयो उहॉको भनाई सायद स्वभाबिक थियो ।मनले मानेन साथीलाई फोन गरे उसले भेटेर आएर ठिकै छ भनेपछि मन अलिक शान्त भयो । आमास‘ग कम कुरा गर्ने थालेको थिए बढी भाउजुलाई नै फोन गरेर सोध्थे ठिकै छ जवाफ आउथ्यो । कहिले काही भिडियो कल गरिदिनु हुनथ्यो कुरा गर्थे ।थाहा थियो आमा परेको बज्रपात सहन गाहा्रे भएको थियो ।एकपछि अर्को गर्दे परेका बज्रको सहन गर्दे आएकी आमा अब अरु सहन गर्ने नसक्ने भएकी थिइन ।सबै भन्दा चिन्ता पनि मेरै थियो उहालाई म एक्लै छु मैले के गरुला भन्ने ।बुवा गएपछि भन्नु हुन्थ्यो तेरा वुवा बोलाउन आउ‘छन भनेर । साच्चै ुवा पनि एक्लै बस्न सकेनन नि आमालाई आफै‘सग लगे ।तीन दिन भइसकेको थियो आमासग कुरा नगरेको मैले म २३ गते बिहानै आउछु है भनेर भनेको थिए‘ ।जसरी भएनि जानुपर्छ भनेर दिदिको बाक्य मन मष्तिष्क घुमिरहेको थियो ।समय छिटो छिटो गएदिए हुने भन्ने लागेको थियो मनमा ।शिथिल बनेको आमाको त्यो शरिर तङगिनै सकेन ।खै राति दिन छटपटी भएको थियो मन अरु दिन भन्दा ।

मन आतिए झै भएको थियो ।मन २३ गतेको पर्खाइमा थियो ।२० गते बिहानै ५ बजे दाईको फोनको घण्टी बज्यो मन आतियो उठाउने आटै आएन हेरि मात्र रहे ।हातखुट्टा सबै चिसा भइसकेका थिए दोस्रो पटक आएको फोन उठाए दाईले आमा साह्ै भएर हस्पिटल ल्याको छ भन्नु भयो ।थचक्क भुइमा बसे ।उठ्ने साहस ताकत केही छैन ।समाचार पढन आएको म बोलि नै आएन बल्लबल्ल माथि कोठा सम्म पुगे ।काठमाडौ जान तयार भए ।भाउजुले फोन गर्नु भयो ।म आउन लागेको भनेको मात्र थिए हैन नआउनु भनेपछि अर्को बाक्य के भन्नु भयो थाहै भएन ।छोरीहरुले फोन गरे बोल्न सकिन सुनिरहे ।मेरो जीवन सकिए झै भयो ।आखामा कालो बादलमात्र घुम्न थाले ।जीवन भरीको पछुतो रह्यो कहिल्यै क्षम्म नपाउने ।मन शुन्य थियो ।आमाले नानी भनेको कहिल्यै सुन्न पाएनन यी कानले त्यो मायाले भरिएको हातको स्पर्श अब कहिले पाउने छैन ।दाईले आमालाई हिड्यो म यताबाट हिडे कसरी पुगे कहा पसगे कुनै कुराको याद नै भएन ।आमासगै जीवन बाकी रहेको एक खुशी हिम्मत माया सबै गुमाएको थियो ।बर्दिबासमा दाईसगै आमा पनि मलाई कुरिरहनु भएको थियो सायद अब आउलिस नि मेरी छोरी भनेर र ।म आए आमा भन्न मसग नशब्द थियो न हिम्मत ।चिर निन्द्रामा सुतेकी थिइन आमा । आमाको छेउमा बसे खुट्टा समाएर ।बोल्छिन कि भन्ने लाग्दै थियो खुट्टा सुमसुमाए तर त्यसको आभास कहॉ गर्थिन र मेरी आमाले ।अरु जस्तै निष्ठुरी बन्यौ तिमी नि है भन्ने लाग्यो मनलाई तर निष्ठुरी तिमी हैनौ म थिए‘ ।साच्चै एक्लै बनाएर गयौ आमा तिमीले एक्लै ।हैन मेरो माया लाग्दैन तिमीहरुलाई भनेर सधै कराउने आज मौन बसिछन ।दैब म मात्र थिए‘ तिम्रो नजरमा जहॉबाट मेरा एक एक खुशी चुड्दै लाग्यौ ।घर पुगेको थाहै भएन बेहोस बनेर पुगेको थिए । म आउने भनेपछि सधै मलाई कुरेर घर बरण्डामा बस्ने आमा बुवाको ठाउ‘मा आज गाउभरीका मान्छे थिए । दैवले दिएको चोट सहन नसकेर शिथिल बनेको निर्जिव शरिर थियो मेरो अगाडी ।सरसर भित्र पसे छोरीहरु आङ्गालो हालेर रुन थाले हो छोरी आजबाट म पनि पूर्ण टुहुरो भए तिमीहरु जस्तै ।
शब्द सापटी लिए

आमा ढलेपछि
संसार ढल्दोरहेछ
उठाउनै नसक्ने गरी
मन ढल्दोरहेछ ।

शरिर उभिन नसक्ने भैसकोको थियो । धेरैको केन्द्रबिन्दु म थिए ।अब के गर्छे यसले समालन यसलाई नै नसकिने भनेर ।आमालाई बिदा गर्ने अन्तिम तयारी पुरा भइसकेको थियो ।मनलाई दहा्रे बनाउनै सकेको थिइन बुवालाई बिदा गर्दा यति कमजोर भएको थिएन मन तर मन समालिने नामै लिदनै थियो ।आमाको अन्तिम पटक मुख हरेर अझै पनि मनमा झिनो आश कतै थियो आमा बोल्छिन कि भनेर अपुरै रह्यो आमाले मलाई भेट्न खोजे जस्तै ।सधैका लागि आमालाई बिदा गरे मैले नि एउटा यस्तो पश्चतापसग‘ जुन कहिल्यै क्षम्म हुने छैन बाचुन्जेल सम्म । आमाको त्यो निर्जिव शरिरलाई दाइहरुसगै दागबत्ति दिदै माफ गर आमा यो जुनीमा तिमीलाई भेट्न आइन हरेक जन्म तिम्रै कोखबाट जन्मिन पाउ‘ ।आमाको शरिर धुवा बनेर क्षितिज तिर हराउदै थियो म चुपचाप उभिएर हेदै थिए ।बुवाको बिदाई गरेको चार महिनैमा एउटै गते एउटै तिथीमा सधैका लागि आमालाई बिदा गरेर घर फर्किए । मनमा सदैव एउटा बोझिलो पश्चताम लिएर जीवन बिताउनु छ ।थाहा छ आमा हुन हरेक गल्ती माफ गर्छिन तर म आफै आमा भएर पनि बुझिन उनको अन्तिम इच्छा । सधैका लागि भौतिक शरिरलाई बिदा गरेपनि बाचुन्जेल मन भित्र हरने छौ आमा तिमी ।हरेक आमातीर्थ औसी मेरा लागि अब तिम्रो फोटो अगाडी उभिएर क्षमा माग्नु मात्र बन्नेछ । एउटा यस्तो पश्चताप जुन मन भित्र छ क्षम्म कहिले हुने छैन ।यो मातातिर्थमा मात्र तिमीलाई श्रद्दान्जली आमा जहॉ छौ खुशी रहौ ।

सक्छौ भने माफ गर आमा ।
मलाई अदृश्य बल देउ
क्षितिबाट
शक्तिको किरण पठाइदेउ आमा

यस जगतमा रहेका हरेक आमाहरुलाई हृदयदेखि नै नमन ।

प्रकाशित : २०७७ वैशाख ११ गते ७:५०
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI