लकडाउनले समस्यामा परेका विद्यार्थीलाई नेविसंघ नवलपुरले सहयोग गर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ११ गते १३:२६
लकडाउनले समस्यामा परेका विद्यार्थीलाई नेविसंघ नवलपुरले सहयोग गर्ने

अजय पौडेल , बैशाख ११

लकाडाउनको कारण समस्यामा परेका विद्यार्थीहरुलाइ सहयोग गर्न तयार रहेको नेबिसंघ नवलपुरले बताएको छ।नवलपुरबाट काठमाडौं लगायत अन्य जिल्लामा गएर अध्ययन गरीरहेका विद्यार्थीहरुमा कुनै समस्या परेमा साथै काठमाडौंबाट नवलपुर फर्किनुपर्ने विद्यार्थीहरुलाइ सम्बन्धित निकायसंग समन्वय गरेर पहल गर्ने नेबिसंघ नवलपुरका जिल्ला अध्यक्ष राजेश पौडेलद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ। साथै नवलपुरबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई ब्यबस्थापनको लागि आग्रह गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

अध्ययनको शिलशिलामा देशका अन्य जिल्लाबाट नवलपुर आएर अध्ययन गरिरहेका साथै नवलपुरकै कुनै विद्यार्थीहरुलाई पनि यो समयमा दैनिकी गुजारा चलाउन समस्या परेको भए नेबिसंघ नवलपुरलका पदाधिकारीहरुलाइ सम्पर्क गर्न आग्रह गरिएको छ।

जस्को लागि अध्यक्ष राजेश पौडेल ९८५५०६५७०७, उपाध्यक्ष सन्जय भट्टराई ९८४७४१३००४, उपाध्यक्ष लक्ष्मण रिजाल ९८५७०४०५६१, सचिव सुशील काफ्ले ९८५५०८८९९०, सचीव  लेखनाथ दवाडी ९८५७०४११५८, कोषाध्यक्ष राजेन्द्र तिमिल्सिना ९८५७०८७१४६ नम्बरमा सम्पर्क गर्नुहुन नेबिसंघ नवलपुरले आग्रह गरेको छ।

कोभिड १९ को संक्रमणले सिंगो बिश्व नै आक्रान्त पारिरहेको सन्दर्भमा यसका बिरुद्ध सावधानी अपनाउनु र सामाजिक दुरी कायम गर्नु नै उत्तम विकल्प रहेकोले सबैमा सतर्कता अपनाउन नेबिसंघ नवलपुरले आग्रह गरेको छ। सकेसम्म घरबाट नै ननिस्कने निस्कनै परेको खण्डमा सावधानी अपनाएर निस्कन बिज्ञप्ति मार्फत आग्रह गरिएको छ।

प्रकाशित : २०७७ वैशाख ११ गते १३:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI