थप २ संक्रमित निको भएसँगै निको हुनेको संख्या ९

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ११ गते १७:०४
थप २ संक्रमित निको भएसँगै निको हुनेको संख्या ९

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण लागेका थप दुईजना पूर्ण रुपमा निको भएर घर फर्कनुभएको छ । यसरी, पूर्ण रुपमा निको भएको संख्या नौ पुगेको छ ।

काठमाडौंको सन सिटी अपार्टमेन्टमा बस्ने आमा (उमेर ८५) र छोरा (उमेर ६०)लाई केही दिन अघि भाइरस संक्रमण पुष्टि भएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)मा उपचाररथ हुनुहुन्थ्यो ।

उहाँहरु दुबैजना केही महिनाअघि बेलायत पुगेर नेपाल फर्केपछि घरमै सेल्फआइसोलेसनमा बस्नुभएको थियो।

प्रकाशित : २०७७ वैशाख ११ गते १७:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI