No ads found for this position

सफा सुन्दर हरियाली गैंडाकोटद्वारा कावासोतीका वृद्ध आश्रममा खाद्यान्न, नगद र कपडा सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ११ गते १८:१५
No ads found for this position
सफा सुन्दर हरियाली गैंडाकोटद्वारा कावासोतीका वृद्ध आश्रममा खाद्यान्न, नगद र कपडा सहयोग
No ads found for this position

अजय पौडेल/वैशाख ११
गैंडाकोटमा बिगत एक बर्ष देखि सामाजिक कार्य गर्दै आइरहेको सफा सुन्दर हरियाली,निरन्तर शनिबार अभियानले आज मातातिर्थ औंशीको दिन कावासोतीमा रहेको आश्रममा खाद्यान्न सहयोग गरेको छ । नवलपुरको सदरमुकाम कावासोती १२ मा रहेको लक्ष्मीनारायण वृद्ध आश्रममा ५० किलो चामल, ५ किलो दाल,५ लिटर तेल,तरकारी, फलफूल तथा आश्रमका आमाहरुलाइ नगद र साडी हस्तान्तरण गरेको अभियानका संयोजक गणेश सापकोटाले जानकारी दिनुभयो । सो कार्यक्रममा कावासोती वडा नम्बर १२ का वडा अध्यक्ष बिनोद रानामगर, नेपाली काङ्ग्रेसका नेता महेन्द्र पोख्रेल,तरुणदल नवलपुरका अध्यक्ष सुर्य गुरुङ , नेपाली काङ्ग्रेस कावासोती १२ का सभापति देवि काफ्ले, अभियानका अभियन्ता श्याम बन लगायतको उपस्थिति रहेको थियो । खाद्यान्न सहयोग गर्दै अभियानका संयोजक सापकोटाले आफ्नो उर्जाशिल समयमा समाज र देशलाइ सेवा गरेका आमाहरुलाइ सेवा गर्न पाउँदा खुसी लागेको बताए । उहाँले यसरी वृद्ध आमाहरुलाइ वृद्धआश्रममा आउनु नपर्ने बाताबरणको बिकास हुनुपर्नमा र राज्यले यो बिषयमा बेलैमा सोच्नुपर्नेमा जोड दिए । कार्यक्रममा उपस्तिथि अन्य अतिथिहरुले पनि हरियाली अभियाले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै अझै सामाजिक कार्यहरु गर्न शुभकामना दिएका थिए । खाद्यान्न प्राप्त गरिसकेपछि आश्रमका संचालक तथा त्यहाँ बस्ने वृद्ध आमाहरुले लकडाउनको समयमा गरेको यो सहयोगले आफुहरुलाइ थप राहत मिलेको बताएका छ्न ।

प्रकाशित : २०७७ वैशाख ११ गते १८:१५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI