No ads found for this position

काङ्ग्रेस नेता पराजुलीले अनाथ आश्रम र विपन्न परिवारलाई खाद्यान्न सहयोग गरि जन्मदिन मनाए

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ११ गते १९:४३
No ads found for this position
काङ्ग्रेस नेता पराजुलीले अनाथ आश्रम र विपन्न परिवारलाई खाद्यान्न सहयोग गरि जन्मदिन मनाए
No ads found for this position

अजय पौडेल/वैशाख ११
मानिसको जन्मदिन हरेक बर्ष आउँछ, कोहिले केक काटेर अथवा भोज गरेर मनाउछन त कोहिले सामाजिक कार्य गरेर । सामाजिक कार्य गर्दै बिपतमा परेकाहरुसंग आज गैंडाकोटका कमलप्रसाद पराजुलीले जन्मदिन मनाउनुभको छ। नेपाली काङ्ग्रेसका जिल्ला कार्यसमिति सदस्य समेत रहनुभएका पराजुलीले आज बिहान देवघाटमा रहेको राम जानकी बालिका आश्रमका बालिकाहरुसंग जन्मदिन मनाएका छ्न । आश्रममा जन्मदिन मनाउन पुग्नुभएका पराजुलीले ५० किलो चामल,१५ लिटर तेल,१५ किलो आंटा,तरकारी तथा फलफुल सहयोग गरेका हुन । देश लकडाउनमा रहेको बेला आश्रममा असहज अवस्था नआओस भनेर जन्मदिन मनाउन देवघाट आएको पराजुलीले बताए ।
आजै पराजुलीले गैंडाकोट वडा नम्बर ७,८ र ९ का अति विपन्न ४५ घरपरिवारलाई राहत बितरण गर्नुभएको छ। ३ ओटै वडाहरुसंग समन्वय गरेर राहत वितरण गरिएको पराजुलीले बताए । सेवा नै धर्म हो भन्ने भावलाई आत्मसात गर्दै जन्मदिनको अवसरमा राहत वितरण गरेको पराजुलीले बताए ।
पराजुलीले केही दिन अगाडी गैंडाकोट वडा नम्बर १ र ४ का ५३ घरपरिवार लाई पनि राहत सामाग्री हस्तान्तरण गरेका थिए ।

प्रकाशित : २०७७ वैशाख ११ गते १९:४३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI