सामाजिक सद्भाव नबिगार्न र लकडाउनकाे पुर्णरुपमा पालना गर्न काङ्ग्रेस र नेकपाको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ११ गते २०:२२
सामाजिक सद्भाव  नबिगार्न र लकडाउनकाे पुर्णरुपमा पालना गर्न काङ्ग्रेस र नेकपाको आग्रह

कावासाेति । लक डाउनकाे समयमा कावासाेति नगरपालिका वडा न १५ मा बुधबार केही समुहले भिडभाड गर्ने, आतंकित गर्ने , सामाजिक सन्जाल मार्फत अफवाह फैलाउने , समाजिक सद्भाव बिथोल्ने जस्ता गतिविधि गरेकाेमा कावासाेति नगरपालिका वडा न १५ काे नेकपा र नेपाली काङ्ग्रेस वडा कमिटिद्वारा गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । नेकपा वडा कमिटी अध्यक्ष खर्ग नारायण महताे र काङ्ग्रेस वडा सभापति मान बहादुर महताेद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा भनिएकाे छ विश्वमा महामारीकाे रुपमा देखा परेको काेरना भाईरसकाे राेकथामका लागि अवलम्वन गरेका विविध गतिविधिहरुमा वडा बासीहरुकाे साथ र सहयाेगका लागि अनुराेध गरिएकाे छ । साथै लक डाउनकाे पुर्ण रुपमा पालना गर्न र समाज विकासकाे साथै शान्ति सु-व्यवस्था निर्माण गर्न सबै सँग अनुराेध समेत गरिएकाे छ । सामाजिक सद्भाव , समाजका गुनासाे , सामाजिक मुद्दाहरुलाई शान्ति पुर्ण रुपमा सामधान गर्न सकिने भएकाले सामाजिक सद्भाव र सहिष्णुता नखल्वल्याउन संयुक्त विज्ञप्ति मार्फत आग्रह समेत गरियकाे छ । बिहिबार संयुक्त विज्ञप्ति मार्फत वडाबासिहरुमा भ्रमात्मक हल्लाकाे पछि नलाग्न समेत अनुराेध गरिएकाे छ ।

प्रकाशित : २०७७ वैशाख ११ गते २०:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI