No ads found for this position

सांसद महतद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ११ गते २०:३७
No ads found for this position
सांसद महतद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण
No ads found for this position

नवलपुर । देशैभरी कोरोना संत्रास फैलिएको बिहिवार महिना दिन पुगेको छ । यस बिचमा स्वास्थ्यकर्मी र पालिकाहरूलाई राहत र स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने क्रम जारी रहेको छ । नवलपुरका संघीय सांसदहरूले यो क्रमलाई निरन्तरता दिएका छन् । नवलपरासी बर्दघाट सुस्ता पूर्व निर्वाचन क्षेत्र नं २ का संघीय सांसद तिलक महतले स्थानीय देवचुली नगरपालिकालाई पिपिई सेट सहित आवश्यक स्वास्थ्य सामाग्री उपप्रमुख पार्वती तिवारी मार्फत देवचुली नगरपालिकालाई हस्तान्तरण गरेका छन् । त्यस्तै सांसद महतले नवलपुर जिल्ला सरकारी अस्पताल मध्यविन्दु डण्डालाई अत्यावश्यक पिपिई, मास्क र सेनिटाईजर लगाएतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जिल्ला अस्पतालका अध्यक्ष डा गोपाल खनालले जानकारी गराए ।

प्रकाशित : २०७७ वैशाख ११ गते २०:३७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI