भोजपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ४८

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ११ गते २०:५३
भोजपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ४८

काठमाडौं, बैशाख ११ गते । कोराना संक्रमण परीक्षणका क्रममा आज साँझ थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । साँझ संक्रमण पुष्टि भएको व्यक्ति २६ वर्षीया पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले बताउनुभयो । ती युवक भाेजपुरका भएकाे वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.बिकास साहले बताए ।

प्रकाशित : २०७७ वैशाख ११ गते २०:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI