गैंडाकोटमा रोकिएका १ सय ६० यात्रुलाई बाग्लुङ पठाईयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ११ गते २१:२५
गैंडाकोटमा रोकिएका १ सय ६० यात्रुलाई बाग्लुङ पठाईयो

गैंडाकोट । गैँडाकोटमा झण्डै एक महिनादेखि बस्दै आएका बाग्लुङ्ग पर्वतका विभिन्न स्थानका सर्वसाधरणहरु नगरप्रमुख छत्रराज पौडेलको पहलमा आज साँझ घरतर्फ प्रस्थान गरेका छन । गैँडाकोट नगरपालिकाले विभिन्न कामका शिलशिलमा गैँडाकोट आएर रोकिएका १६० जना सर्वसाधरणलाई आज साँझ गाडी चढाएर उनिहरुकै घर पठाएको हो ।उपचार अध्ययन र लकडाउनका कारण रोकिएका उनिहरुलाई चारवटा गाडीको ब्यवस्था गरि घर पठाइएको नगरप्रमुख छत्रराज पौडेले बताए । नगरपालिका परिसरबाट साझ ७ वजे गाडी चढेका स्थानीयहरु भोली विहान ५ वजे घर पुग्नेछन । चितवन तनहु र कास्की हँदै जाने चारवटा बसलाई सहजरुपमा पुर्याउनका लागी सोहि जिल्लाका स्थानीय तहसँग समन्वय गरिएको पौडेलले बताए ।गैँडाकोटमा लामो समयदेखि रोकिएका सार्वसाधरणहरुलाई नगरपालिकाले मास्क, ग्लोब्स र सेनेटाईजरको प्रयोग गरि सुरक्षित तवरले यात्रुहरुलाई गन्तव्यमा पठाइएको वडा नम्बर ५ का वडाअध्यक्ष नवराज कंडेलले बताए । बसमा यात्रागर्नुपुर्व सवै यात्रुको ज्वरो समेत जाँच गरिएको थियो ।गैँडाकोटबाट गएका अधिकांस यात्रुहरु बिहुँ ,कुश्मीसेरा र गलकोटका रहेको वडाअध्यक्ष कडेलले बताए ।बाग्लुङ र पर्वतका लागी प्रस्थान गरेका बसहरु संक्रमणको जोखिमका कारण रित्तै फर्कने छन ।

प्रकाशित : २०७७ वैशाख ११ गते २१:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI