भुकम्पको ५ बर्ष: प्रगति ८८ प्रतिशत, ८४ हजार घर ठडिनै बाँकी

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १२ गते ७:२४
भुकम्पको ५ बर्ष: प्रगति ८८ प्रतिशत, ८४ हजार घर ठडिनै बाँकी

विकाशकारी भूकम्प गएको ५ वर्ष पुरा भएको छ। २०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु बनाई गएको भूकम्प र त्यसपछिका पराकम्पका कारण भत्किएका थुप्रै आवासीय र सार्वजनिक भवनहरु अझैपनि पुनर्निर्माण हुन सकेका छैनन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार विनाशकारी भूकम्पका कारण ७ लाख ६८ हजार निजी आवस भत्किएका थिए। जसमध्ये पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भएको प्राधिकरणले जनाएको छ।

हालसम्ममा ४ लाख ९४ हजार ४४ अर्थात् ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ भने १ लाख ९० हजार १ सय ४५ अर्थात् २५ प्रतिशत लाभग्राही निजी आवास पुनर्निर्माणको चरणमा रहेका छन्। यसरी समग्रमा निजी आवस पुनर्निमाणमा ८८ प्रतिशत प्रगति भएको प्राधिकरणको दावी छ। तर अझै पनि ८४ हजार घर निर्माणको कुनै पनि चरणमा प्रवेश गर्न सकेका छैनन्। स्रोत- नेपाललाईभ डटकम

प्रकाशित : २०७७ वैशाख १२ गते ७:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI