कोभिड-१९: कतार जेलमा रहेका १९ नेपालीले पाए आममाफी

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १२ गते ७:४५
कोभिड-१९: कतार जेलमा रहेका १९ नेपालीले पाए आममाफी

कोरोनाको संक्रमणको महामारीलाई मध्येनजर गर्दै कतार सरकारले केही कैदी बन्दीहरुको रिहाइ गरेको छ ।
जसमा १७ जना नेपाली नागरिकहरु पनि रिहाइ भएका छन् ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले हाल विश्वव्यापी महामारीलाई मध्येनजर गर्दै बन्दीगृहमा रहेका नेपाली लगायतका बन्दीहरुलाई आममाफी दिएको सार्वजनिक घोषणा गरेका थिए ।

रिहाई हुने नेपालीमा १३ जना लागूऔषध कारोवारजन्य अपराध, २ जना चोरीजन्य, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेको नेपाली दूतावास कतारले जानकारी दिएको छ ।

दूतावासले आममाफी पाएका ती १७ नेपालीको विवरण भने जानकारी गराएको छैन ।

कतारमा हालसम्म ७३ हजार ७५४ जनामा कोरोनाको परीक्षण गरिएको छ । जसमा ७ हजार ७६४ जना संक्रमित भएको पुष्टि भएको छ । जसमा पछिल्लो २४ घण्टामा ६२३ जना नयाँ संक्रमित भेटिएका हुन् ।

त्यसैगरी ७५० जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ६१ जना निको भएर फर्किएका हुन् ।   हालसम्म १० जनाको निधन भएको समाचार छ । स्रोत- सन्सारन्यूज डटकम

प्रकाशित : २०७७ वैशाख १२ गते ७:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI