No ads found for this position

प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद बैठक : ११ बजे बैठक बस्दै

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १२ गते १०:१५
No ads found for this position
प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद बैठक : ११ बजे बैठक बस्दै
No ads found for this position

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ‌ओलीले शुक्रबार (आज) बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सरकारले जारी गरेका दुई अध्यादेशबारे आफ्नै पार्टीभित्रबाट विरोध भइरहेको परिप्रेक्ष्यमा उनले यो आकस्मिक बैठक बोलाएका हुन् ।सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग बिहीबार अध्यादेश फिर्ता लिन तयार रहेको बताएका थिए। बिहीबार नै नेकपाका ६ सचिवालय सदस्यको बैठकले पनि अध्यादेश फिर्ता लिनुपर्ने माग गरेको थियो। कोभिड १९ रोकथामका प्रयास र अध्यादेश लगायतका विषयमा मन्त्रिपरिषद्‍मा छलफल हुने एक मन्त्रीले बताए।

प्रकाशित : २०७७ वैशाख १२ गते १०:१५
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI