No ads found for this position

सामाजिक दुरि कायम गर्दै कावासोतीमा नेविसंघको सरकार विरुद्ध प्रदर्शन

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १२ गते १२:२०
No ads found for this position
सामाजिक दुरि कायम गर्दै कावासोतीमा नेविसंघको सरकार विरुद्ध प्रदर्शन
No ads found for this position

कावासोति । नेपाल विद्यार्थी संघ पुर्वी नवलपरासीले शुक्रबार  कावासोतीमा सामाजिक दुरि कायम गर्दै सरकारका पछिल्ला कदम विरुद्ध जिल्ला प्रसासन कार्यालय अगाडि र कावासोतीको ईन्द्र चोकमा विरोध प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रिय समितिले सरकारले अलोकतान्त्रिक र संविधानको मर्म विपरीतका दुई अध्यादेश ल्याए पछि लोकतान्त्रिक व्यवस्था नै संकट पर्ने भन्दै आफ्ना मातहतका समितिलाई देश व्यापी रुपमा सामाजिक दुरि कायम राख्दै विरोध प्रदर्शन गर्न सर्कुलर गरे अनुसार पुर्वी नवलपरासीमा पनि सरकारको कदम विरोधमा प्लेकार्ड बाेकी कावासोतीमा साङ्केतिक प्रदर्शन गरेकाे  नेविसंघका निवर्तमान केन्द्रिय सदस्य रामचन्द्र भट्टराई आर सिले बताए ।

“हामीले सामाजिक दूरी कायम गरेर एक-एक मिटरको दूरीमा उभिएर प्रदर्शन गरेका हौँ” नेविसंघ पुर्वी नवलपरासीका उपाध्यक्ष लक्ष्मण रिजालले बताए । नेविसंघले आज केन्द्रिय कार्यसमितिको सर्कुलर अनुसार सरकारको कदम विरुद्ध पुर्वी नवलपरासी लगाएत देशै भरी प्रदर्शन गरेको छ ।

प्रकाशित : २०७७ वैशाख १२ गते १२:२०
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI