आजको राशिफल

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १३ गते ७:०८
आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

घरायसि कुरामा आफन्त तथा कुटुम्वसँग विवाद हुन सक्छ ध्यान दिनुहोला। व्यापारमा समय दिन नपाईने तथा थोरै आम्दानीमा चित्त बुझाउनु पर्नेछ ।पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ। प्रेममा अविश्वास सिर्जना नहोला भन्न सकिन्न। खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या देखिने तथा दैनिकी प्रभावित हुनेछ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

टाडिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ। पुराना कमी कमजोरी हरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ ।विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ। माया प्रेममा नजिक हुने समय रहेको छ। तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आफन्त तथा साथीभाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ। धोका दिने तथा आशा देखाउनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला।स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपचार खर्च बढ्नेछ। अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ। सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

औषधिजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात लागि हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेको छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

शुभचिन्तक तथा परिचित व्यक्तिबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ। कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ। पुर्ख्यौली धन तथा सम्पत्तीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना विवादलाई सल्टाउन तपाईको महत्वपुर्ण भुमिका हुने तथा लोकप्रियता चुलिनेछ। अध्ययनमा मन जानेछ। प्रणय सम्बन्धमा पथ प्रगाडता थपिनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

यात्रा गर्दा ध्यान दिनुहोला । समाजमा राम्रा काम गर्दागदै प्रतिस्पद्र्धिहरुले खुट्टा तान्नेछन् । खोजीमुलक क्षेत्रमा नतिजा हात पार्नको लागि धेरै खट्नु पर्नेछ ।अग्रज तथा धार्मिक क्षेत्रमा मानिससँग विवाद हुनसक्छ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । आफ्नो काममा भन्दापनि अरुकै काममा समय व्यतित हुनेछ । महत्वकांक्षी योजनाहरु पूरा गर्न निकै संघर्ष गर्नुपर्नेछ ।आफन्त तथा घरपरिवारका सदस्यहरुसँग राय बाजिनेछ । माया प्रेममा धोका तथा विस्वासघात हुनेछ । पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथी भेटिनेछ। व्यवसायबाट घाटा लाग्नेछ। अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ। परिवारका साथ रमाईलो जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ। बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

उपहार तथा भौतिक सम्पती हात लागि हुने योग रहेको छ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा यात्रा हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धीत व्यापारमा मन्दि आउनेछ । मामा तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेमको गाँठो कसिनेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समय मध्यम रहेकोले राजनितिज्ञ तथा समाजसेवीहरुले जनताको काम गर्न नसक्दा आलोचना हुन सक्छ । विद्यार्थीले प्रतिस्पद्र्धामा आफ्नो पर्फमेन्स देखाउन नसक्दा अरुभन्दा पछि परिनेछ । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ । पढाई लेखाईमा मन नजाने हुदा अरुभन्दा पछि परिनेछ । भौतिक सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अरुको विस्वास जिती काम गर्न नसक्दा समयभन्दा पछि परिनेछ । कामगर्ने भन्दा आश्वासन बाँढ्नेहरु सक्रिय हुनेछन् । पढ्ने लेख्ने काममा मन नजाँदा नतिजा अरुतिर नै जानेछ । सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग परिचालन गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आमा तथा आफन्तसँग टाडिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

लगनशीलताको साथ गरीने कामको उच्च मुल्याङ्कन हुनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्द्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्द्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाईमा मन जानेछ भने । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

प्रकाशित : २०७७ वैशाख १३ गते ७:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI