No ads found for this position

आज नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १३ गते ९:५०
No ads found for this position
आज नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस
No ads found for this position

नवलपुर । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा तत्कालीन नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस आज परेको छ यसअघिका वर्षहरुमा उनको सम्झनामा कार्यक्रम हुने गरेका भए पनि कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि लकडाउन चलिरहेकाले यसपाली कुनै पनि औपचारिक छैन । विसं १९७८ सालमा काठमाण्डौमा जन्मेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । लामो राजनीतिक संघर्षको क्रममा उनले १७ वर्ष जेल जीवन बिताएका थिए । पढाइको सिलसिलामा भारतको बनारसमा रहँदा भारत छोडो आन्दोलनमा सहभागि हुँदा उहाँ बनारसमा जेल परेका थिए। जेलमा भारतीय कम्युनिष्ट नेतासँगको सम्पर्कमा उहाँ कम्युनिष्ट पार्टीमा संगठित भएको थिए। अधिकारीले २००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व गर्नुभएको थिए । उनि २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री भएका हुन। उनको नेतृत्वको ९ महिने सरकारले आफ्नो गाउँ आफै बनाउँ, वृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रम सुरु गरेको थियो । मनमोहन अधिकारीलाई सादा जीवनशैली र इमानी नेताका रुपमा पनि चिनिन्छ ।

प्रकाशित : २०७७ वैशाख १३ गते ९:५०
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI