लकडाउनमा प्रविधीको प्रयोग गर्दै रोट्रयाक्ट क्लब अफ कावासोती :तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १३ गते १३:०८
लकडाउनमा  प्रविधीको प्रयोग गर्दै रोट्रयाक्ट क्लब अफ कावासोती :तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न

कावासोती । लकडाउनको समयलाई सदुपयोग गर्दै रोट्रयाक्ट क्लव अफ कावासोतीले एक दिवसीय तनाब व्यवस्थापन कार्यक्रम शुक्रबार शुक्रवार सम्पन्न गरेको छ । विगत एक महिना देखि निरन्तर चलिरहेको लकडाउनका कारण कामकाजमा व्यस्त रहने मानीसमा घरभित्र बसिरहँदा उत्पन्न हुन सक्ने शारिरीक, मानसिक एवं भावनात्मक तनावको व्यवस्थापन तथा पछिल्लो समयमा महामारीको रुपमा रहेको कोरोना भाईरसको बारेमा सचेतना प्रदान गर्ने उद्देश्यका साथ क्लवले निशुल्क तनाव व्यवस्थापन कार्यक्रमको आयोजना गरेको थियो । सामाजीक तथा आत्मा अनुशासन सम्बन्धि कार्यक्रम सन्चालन गर्ने संस्था आर्ट अफ लिभिङ्गको सहकार्यमा गरिएको उक्त कार्यक्रममा सामाजीक दुरीको पालना गर्दै ईन्टरनेटको माध्यमबाट जुम एप्लीकेशनको प्रयोग गरिएको कार्यक्रम संयोजक एवं रोट्रयाक्ट क्लव अफ कावासोतीका सामुदायिक सेवा निर्देशक बुलेट सिग्देलले जानकारी दिए । करिब २ घन्टाका लागी सन्चालन भएको उक्त कार्यक्रमको सहजीकरण आर्ट अफ लिभिङ्ग कि नेपालका लागि प्रशिक्षक काव्य लम्सालले र पुर्वी नवलपरासीको कावासोतीमा रहेको जीवन सिटी हस्पिटलका सन्चालक जीवन सापकोटाले कोरोना भाईरसको बारेमा जानकारी गराएका थिए । सो कार्यक्रममा देश तथा विदेशका गरी करिब १ सय ५० जनाको सहभागीता रहेको थियो । सम्पन्न कार्यक्रम प्रभावकारी भएको र आगामी दिनहरुमा थप येस्तै चेतनामुलक कार्यक्रमको लागी हौसला प्राप्त भएको क्लबका अध्यक्ष परमानन्द गौतमको भनाई रहेको थियो ।

प्रकाशित : २०७७ वैशाख १३ गते १३:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI