कोरोना कोषमा २ अर्ब १३ करोड

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १३ गते १६:१७
कोरोना कोषमा २ अर्ब १३ करोड

काठमाडौं  । सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अर्ब १३ करोड १० लाख ९१ हजार ७ सय ४७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार शुक्रबार अपराह्नसम्म परिमाणमा सहयोग रकम जम्मा भएको हो । सरकारी संघसस्था वा निकायबाट सहयोग आउने क्रम जारी छ । प्राप्त विवरणअनुसार अम्बे स्टिलले २५ लाख, सगरमाथा इन्स्योेन्स कम्पनीले १६ लाख, नेपाल इँटा उद्योग महासंघले ५ लाख रुपैयाँ कोषमा जम्मा गरेका छन् । नेपाल निजामती कर्मचारी संगठन, अर्थ विभागीय कार्यसमितिले २ लाख एक हजार १ सय ११, क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले १ लाख ६८ हजार ४ सय ५३, डिभिजन वन कार्यालय सल्यानले १ लाख ६२ हजार ५ सय ५, चामुन्द्रा विन्दासैनी नगरपालिकाले १ लाख ५८ हजार १ सय ३३ जम्मा गरेको छ गरेका छन् । भीमप्रसाद भट्टराईले १ लाख ३१ हजार १ सय ३१ रुपैयाँ प्रदान गर्नुभएको छ । नाम नखुलेका तथा १ लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाबाट ४६ लाख ५९ हजार २ सय ८३ रुपैयाँ जम्मा भएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । सरकारले चैत १० गतेदेखि राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखामा उपचार कोष खाता सञ्चालनमा ल्याएको हो ।

प्रकाशित : २०७७ वैशाख १३ गते १६:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI