चर्चित हलिउड स्टार जेक्की चेन अभिनित ५ उत्कृष्ट फिल्म

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १३ गते १६:३४
चर्चित हलिउड स्टार जेक्की चेन अभिनित ५ उत्कृष्ट फिल्म

एजेन्सी । जेक्की चेन हलिउड फिल्म इन्डस्ट्रीको एउटा यस्तो अनुहार हो विश्वको हरेक कुनामा परिचित छन् । त्यतिकै रुचाइएका पनि । उनी दर्शकको मन आफ्नो एक्सन खुबीले मात्र होइन आफ्नो कमेडीले पनि चोर्ने गर्छन् । तर विश्व चर्चित यी हलिउड स्टारलाई नृत्यसँग ठूलो डर छ । एक अन्तरवार्ताको दौरान जेक्की चेनले आफ्नो शरीरलाई धेरै हल्लाउन नसक्ने र आफूले कोरियोग्राफरलाई सधैं सजिलो स्टेप्सहरु दिन आग्रह गर्ने गरेको बताएका थिए । ६५ वर्षीय जेक्की चेनले धेरै सुपरहिट फिल्महरुमा काम गरिसकेका छन् । ७० को दशकमा फिल्ममा काम गर्न सुरु गरेका उनले धेरै फिल्महरु गरिसकेका छन् । जुन तपाईहरुका लागि यो लकडाउनको समयमा एकदमै ठूलो सौगात साबित हुनसक्छ । जेक्की चेनले करिब १४० फिल्महरुमा अभिनय गरेका छन् जसमा आज हामी तपाईलाई उनका पाँच उत्कृष्ट फिल्म शिफारिस गर्नेछौं । यी फिल्महरु हेरेर तपाईले आफ्नो क्वारेन्टाइनलाई स्मरणीय र रमाइलो बनाउन सक्नुहुन्छ ।

१९८५ मा रिलिज भएको पुलिस स्टोरी
१९८८ मा रिलिज भएको रश आर
१९९४ मा रिलिज भएको ड्रंकन मास्टर टु
१९९५ मा रिलिज भएको रंबल इन द ब्रांन्क्स
१९९८ मा रिलिज भएको हू एमआइ ।
यी पाँच फिल्म तपाईले युट्युब लगायत विभिन्न भिडियो स्ट्रमिङ प्लेटफर्ममा निशुल्क हेर्न सक्नुहुन्छ ।

प्रकाशित : २०७७ वैशाख १३ गते १६:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI