हेर्नुहोस आज आईतबारको राशिफल

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १४ गते ६:३६
हेर्नुहोस आज आईतबारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

व्यवसायमा लगानी गर्नको लागी केहि समय कुर्नुनै रम्रो हुनेछ । व्यापारमा घाटा लाग्नेछ । आफन्त तथा अग्रजहरुसँग घरायसी कुरामा राय बाजिनेछ । विद्यामा अरुभन्दा पछि परिने तथा नतिजा आफूतिर ल्याउन निकै मिहेनत गर्नु पर्नेछ । कार्यक्षेत्रमा खुट्टा तान्नेहरु तथा आलोचना गर्नेहरु सक्रिय हुनेछन् ध्यान दिनुहोला । प्रेममा अविश्वास तथा शंका बढ्ने योग रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । सामाजिक काममा होमिने हरुका लागि समयले साथ दिनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ भने उत्कृष्ट नतिजाले परिवारका सदस्य तथा गुरुहरु खुशी हुनेछन् । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । कामगर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

ईमान्दार तथा लगनशिल भएर लाग्नाले समाजमा राम्रा काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरी सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ। आफ्नै मिहेनतले जीवन शैलिमा सुधार ल्याउन सकिनेछ ।माता पिताको सहयोग तथा समर्थनले कृतिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैँतिर ल्याउन सकिनेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

व्यवसायबाट तत्काल आम्दानी कम भएपनि पछिको लागि आम्दानी सुनिस्चित गर्न लगानी बढाउन सकिनेछ । पढाई लेखाईमा प्रशस्त समय दिएपनि नतिजा शुन्यजस्तै हुनेछ । अवसरवादीहरुले फसाउन सक्छन् ध्यान दिनुहोला । प्रेममा अविश्वास बढ्ने तथा शंका गर्नाले समस्या उत्पन्न हुन सक्छ । सरकारि सेवामा बसेर काम गर्नेहरुको ढिलासुस्तिको चपेटामा परिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

संकट व्यवस्थापनमा चालिएका कदमहरु निःअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीहरुले पनि सहयोग गर्ने छैनन् । अल्छि गर्ने बानिले काम बाँकी रहनेछ भने शरीर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । व्यापारमा लागनी गरीहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै राम्रो हुनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गीत संगीतमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्वन्धमा विश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् । पुराना ऋण,रोग तथा शत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेको छ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अध्ययनमा आजको दिन मन नजाँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । मन परेको मानिससँग मनमुटाव बढ्ने योग रहेको छ।व्यापार व्यवसायमा लगानी गर्नको लागि केहि समय पर्खनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । अरुको भर पर्नाले अवसर गुम्नेछ । भौतिक सम्पत्ती तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आफन्तहरु टाडिने तथा श्रीमान श्रीमतीबीच सामान्य मनमुटावको सिर्जना हुनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछिछी परिनेछ। राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आँट,शाहस तथा पराक्रमा वृद्धि भएर जाने हुनाले उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । लेखन कला तथा साहित्यमा बाँकी रहेको कामलाई पूर्णता दिन सकिनेछ। प्रेम प्रशङ्गमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

प्रकाशित : २०७७ वैशाख १४ गते ६:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI