ओली कोरोना भाईरस भन्दा पनि खतरनाक: बाबुराम भट्टराई

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १४ गते ६:५०
ओली कोरोना भाईरस भन्दा पनि खतरनाक: बाबुराम भट्टराई

जनता समाजवादी पार्टी, नेपालका नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् ।

भट्टराईले ओली प्रवृत्ति कोरोनाभाइरस भन्दा पनि खतरनाक भएको भन्दै बेलैमा नचिनिए गम्भीर संकट आउनसक्ने चेतावनी दिएका छन् ।

‘कोरोनाभाइरस भन्दा खतरनाक ओली प्रवृत्तिको भाइरसलाई सदाकानिम्ति बिदा गरौं, नत्र यो भष्मासुरले सबैलाई सखाप पार्नेछ’ भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

केही दिनअघि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर समाजवादी पार्टी फुटाउने प्रयास भएपछि भट्टराईको यो टिप्पणी आएको हो । यद्यपी समाजवादी पार्टी र राजपा नेपाल मिलेर जनता समाजवादी पार्टी नेपाल गठन भएपछि यो योजना विफल भएको थियो ।

भट्टराईले ओलीको प्रवृत्तिलाई भष्मासुर, हिटलर, स्टालिन, चाउचेस्कुको संज्ञा समेत दिएका छन् । स्रोत- लोकपथ डटकम

प्रकाशित : २०७७ वैशाख १४ गते ६:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI