बिश्वभर कोरोना: २९ लाख २० हजार बढी संक्रमित, २ लाख ३ हजारको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १४ गते ७:०३
बिश्वभर कोरोना: २९ लाख २० हजार बढी संक्रमित, २ लाख ३ हजारको मृत्यु

बिश्वभर कोरोना संक्रमितको संख्या २९ लाख २० हजार ९ सय ५ पुगेको छ।

वर्ल्डोमिटर्सले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ कुल ९ लाख ६० हजार ६ सय ५१ लाई संक्रमण पुष्टि भएको छ।

त्यस्तै, स्पेनमा २ लाख २३ हजार ७ सय ५९, इटालीमा १ लाख ९५ हजार ३ सय ५१, फ्रान्समा १ लाख ६१ हजार ४ सय ८८, जर्मनीमा १ लाख ५६ हजार ५ सय १३, बेलायतमा १ लाख ४८ हजार ३ सय ७७ तथा टर्कीमा १ लाख ७ हजार ७ सय ७३ जनालाई संक्रमण पुष्टि भएको छ।

अहिलेसम्मको तथ्यांक अनुसार बिश्वभर ८ लाख ३६ हजार ६ सय ८३ कोरोना संक्रमित उपचार पश्चात निको भई घर फर्केका छन्।

प्रकाशित : २०७७ वैशाख १४ गते ७:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI