No ads found for this position

आज अक्षय तृतीय पर्व मनाईदै

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १४ गते १०:३१
No ads found for this position
आज अक्षय तृतीय पर्व मनाईदै
No ads found for this position

भोका र तिर्खाएका बटुवालाई शीतल मानिने जौँ र चनाको सातु एवं चिसो पानीको सर्बत खुवाउँदै आज अक्षय तृतीया पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जौ र चनाको सातु, सक्खर र चिसो पानीमा बनाइएको गुलियो सर्बत खुवाउने हिन्दू परम्परा छ । यसपालि भने कोभिड–१९ सन्त्रासले सडकयात्री कम देखिएका छन् ।अक्षय तृतीया भनिने यस पर्वमा गर्मीले आकुल–व्याकुल भएका पथिक, बटुवालाई शीतलता दिने जौ र चनाको सातु, सक्खर, चिसो पानीमा बनाइएको सर्बत र मिष्ठान्न परिकार खुवाएमा अक्षय कहिल्यै नाश नहुने पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । यस पर्वमा गरिब र अभाव भोगी, खेपिरहेकालाई सातु राखिएका थैला र सर्बत राखिएको घडासहितै दान गर्ने परम्परासमेत रहेको जानकारहरु बताउछ्न । अक्षय तृतीया पर्वको वर्णन भविष्य पुराणमा उल्लेख छ । भगवान् शिव र देवी पार्वतीको विवाह भएको दिन पनि मानिने यो पर्वमा ब्राह्मण, कूलपुरोहित तथा गरिबहरुलाई स्वर्ण, शीतल खाद्य परिकार र वस्त्र दान गरे कहिल्यै घरको भण्डार खाली नहुने जनविश्वास रहेको छ । गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने भएकाले शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सक्खर र चिनीमा बनाइएको शीतल सर्बत र पुष्टिबद्र्धक अन्न जौको सातुको प्रयोगमा अक्षय तृतीया पर्वले जोड दिएको छ । पर्वमा कूलपुरोहित ब्राह्मणलाई पूजा गरेर वस्त्र, मिष्ठान्न खाद्य परिकार र दक्षिणा दिएर आफु र परिवारले जीवनमा शीतलताको कामना गर्दै जौ, चनाको सातु र सर्बत खाएर यो पर्व समापन गरिने हिन्दु परम्परा छ । भगवान् शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरवास, नानीहरुको अन्नप्रासन र विवाहलगायतका शुभकार्यका लागि अर्को साइत हेर्न नपर्ने आम मान्यता रहेको छ ।

प्रकाशित : २०७७ वैशाख १४ गते १०:३१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI