महामन्त्री कोईरालाको सहयोगमा नेविसंघ द्वारा १ सय २० जनाको उद्धार

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १५ गते ७:००
महामन्त्री कोईरालाको सहयोगमा नेविसंघ द्वारा १ सय २० जनाको उद्धार

नवलपुुुर । लकडाउनका कारण काठमाडौंमा अस्तव्यस्त दैनिकी झेलेका नवलपुरबासीलाई उद्धार गरिएको छ । लकडाउन लम्बिँदै गएपछि पढ्न तथा रोजगारीका सिलसिलामा काठमाडौं बसेकाहरूलाई दैनिक जीवनयापन गर्न अप्ठ्यारो पर्दै गइरहेको अवस्था छ । लकडाउन सकिएला र केही सहज होला भनेर बसे पनि लकडाउनको अबधि बढ्दै गएपछि समस्या झन्झन् थपिन थालेकाले नवलपुरबासीले घर फर्कने चाहना गरेका थिए । नेपाली कांग्रेसका महामन्त्री तथा नवलपुर जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. शशांक कोइरालाको पहलमा उनीहरूलाई आइतबार नवलपुर ल्याइएको हो । नेपाल विद्यार्थी संघ नवलपुरको संयोजनमा आइतबार साँझ तीन वटा बसमा कुल एक सय बीस जनालाई नवलपुर ल्याइएको नेविसंघ नवलपुर अध्यक्ष राजेश पौडेलले बताए । “लकडाउनले गर्दा काठमाडौंमा डेरा गरि बस्नेलाई समस्या थपिन थालेपछि नवलपुरबासीले आफुहरूलाई उद्दार गरिदिन अनुरोध गरेका थिए”, अध्यक्ष पौडेलले भने, “यो खबर हामीले कांग्रेस महामन्त्री कोइरालालाई सुनाएपछी उहाँले नै यो सम्पूर्ण व्यवस्थापन मिलाउनु भएको हो ।” उद्धार गरिएका टोलीमा नवलपुरका सँगसँगै केही चितवनका पनि थिए ।सबै यात्रुलाई निशुल्करुपमा यातायात व्यवस्था गरिएको थियो । अप्ठ्यारो परिस्थितिमा यसरी मानवीयता देखाइ घरसम्म आउने व्यवस्था मिलाएको भन्दै सोही टोलीमा आएका प्रमेश कँडेलले सबैलाई धन्यवाद दिए ।

प्रकाशित : २०७७ वैशाख १५ गते ७:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI