No ads found for this position

किम जोङ उन ‘जीवित र सकुशल’ : दक्षिण कोरिया

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १५ गते १०:४४
No ads found for this position
किम जोङ उन ‘जीवित र सकुशल’ : दक्षिण कोरिया
No ads found for this position

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ-उन ‘जीवित र सकुशल’ रहेको दक्षिण कोरियाले बताएको छ। नेता किमबारे निरन्तर अफवाह फैलिरहेको सन्दर्भमा दक्षिण कोरियाले उनको अवस्थाबारे आधिकारिक जानकारी सार्वजनिक गरेको हो। सीएनएनका अनुसार नेता किम १३ अप्रिलयता वोन्सान इलाकामा बसिरहेको र कुनै शंकास्पद गतिविधि नदेखिएको दक्षिण कोरियाली राष्‍ट्रपति मुन जाए-इनका विदेश नीति सल्लाहकार मुन चुङ-इनले जानकारी दिए। हजुरबुवा किम इल-सुङको जन्मजयन्तीमा अनुपस्थित भएपछि उत्तर कोरियाली नेताको स्वास्थ्य अवस्थाबारे अनेक अनुमान सार्वजनिक हुँदै आएका थिए। यसअघि अमेरिकाले मुटुको शल्यक्रियापछि नेता किम गम्भीर स्वास्थ्य समस्यामा रहेकोबारे अमेरिकाले जासुसी संयन्त्रमार्फत निगरानी गरिरहेको जानकारी सार्वजनिक भएको थियो।

प्रकाशित : २०७७ वैशाख १५ गते १०:४४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI