No ads found for this position

यी ५ कुराहरुको महशुस गरिराख्नुभएको छ भने हुनसक्छ तपाईलाई कोरोना !

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १५ गते २०:३७
No ads found for this position
यी ५ कुराहरुको महशुस गरिराख्नुभएको छ भने हुनसक्छ तपाईलाई कोरोना !
No ads found for this position

काठमाडौं । कोरोना भाइरस चीनमा अहिले शुन्य बराबरको स्थितिमा आईसकेको छ । तर विश्वका अन्य देशहरुमा भने यसको प्रकोप अत्याधिक तीव्र गतिले फैलिरहेको छ ।

विश्वमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ लाख ७ हजार ९४१ जनाको ज्यान गईसकेको छ भने ३० लाख ५ हजार ४९३ जनालाई संक्रमण भएको छ ।

कोरोना भाइरसको विषयलाई लिएर अहिलेसम्म पनि कसैलाई यसको सटिक जानकारी छैन । कोरोनाले समयसँगसँगै आफ्नो स्वरुप बदलेका कारण वैज्ञानिकहरु नै चिन्तित बनिरहेका छन् ।

आफ्नो स्वरुप र लक्षण बदलेका कारण आम मानिसहरु पनि हैरा नबनेका छन् । कोरोना भाइरसको शुरुवाती लक्षणमा सुक्खा खोकी, तीव्र ज्वरो र श्वास प्रश्वासमा समस्या हुने जस्ता लक्षण देखिएका थिए । तर कोरोना भाइरस अहिलेको स्थितिसम्म आईपुग्दा लक्षणहरु फेरीएका छन् ।

कसैलाई कोरोना संक्रमण पोजेटिभ देखाए पनि कुनै लक्षण नै देखिएका छैनन् भने कोहिलाई आँखाको आँशुमा कोरोना रहेको बताइदै आईरहेको छ ।

वैज्ञानिकहरुले यसबारेमा धेरै रिसर्च गरिरहे पनि आजसम्म यसविरुद्धको औषधि भने बनाउन सकेका छैनन् ।

अमेरिकाको हेल्थ इन्स्टिट्युट सीडीसी (सेन्टर फर डिसिज एण्ड प्रिभेन्सन) ले नयाँ लक्षण देखिएको लिस्टेड तयार पारेको छ ।

सीडीसीका अनुसार कोरोना भाइरस तीन प्रमुख लक्षण बाहेक अन्य लक्षण पनि रहेको बताईएको छ । सीडीसीले यस रोगका ६ नयाँ लक्षण बताएका छन् ।

साथै वैज्ञानिकहरुले यी सबै लक्षण २ देखि १४ दिन भित्रमा देखिने दाबी गरेका छन् ।

जाडो हुने र ठिर्याउने

सीडीसीका अनुसार कोरोना भाइरसको संक्रमण भएपछि जाडो हुने तथा ठिर्याउने समस्या हुने गरेको बताएका छन् ।

मांशपेशीहरुमा दुख्ने समस्या

सीडीसीका अनुसार नयाँ लिस्टेड गरिएको लक्षणमा मांशापेशीहरुमा दुख्ने गरेको पत्ता लागेको छ । यो भन्दा पहिला पनि हेल्थ एक्सपर्टले शरीर अत्याधिक दुख्ने समस्या आउने बताएका थिए ।

टाउको अत्याधिक दुख्छ

कोरोना संक्रमित व्यक्तिको शरीरमा देखिने अर्को एक लक्षण हो टाउको अत्याधिक दुख्नु । चीन र अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुमा यो समस्या देखिएको हो ।

घाँटीमा खसखस हुने

कोरोना संक्रमितमा अर्काे देखिने लक्षण भनेको घाँटीमा अत्याधिक खसखस गर्नु रहेको सीडीसीले बताएको छ । अहिलेसम्म घाँटी दुख्ने समस्या मात्र पत्ता लागेको थियो ।

जिब्रोमा स्वाद कम हुँदै जानु वा स्वादको जानकारी नमिल्नु

सीडीसीले आफ्नो रिपोर्टमा दाबी गरेको छ कि, कोरोना भाइरस संक्रमित व्यक्तिलाई कुनै पनि खानेकुराको स्वाद पहिचान गर्न गाह्रो हुने गर्दछ ।

अझ केहि देशहरुमा त संक्रमितले कोरोना भाइरसको संक्रमण भए पछि खानेकुराको स्वाद नै न थाहा नपाउन सकेको केसहरु आईरहेका छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित : २०७७ वैशाख १५ गते २०:३७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI