बाबुराम भट्टराईले दिएको अन्तरवार्ता बिवादमा, प्रधानमन्त्रीलाई के भनेका थिए ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १५ गते २०:५६
बाबुराम भट्टराईले दिएको अन्तरवार्ता बिवादमा, प्रधानमन्त्रीलाई के भनेका थिए ?

बैसाख १५-  नवगठित जनता समाजवादी पार्टी नेपालका नेता एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले दिएको एक अन्तरवार्ताले यतिबेला निकै हंगामा मच्चाईरहेको छ । रेडियो नेपालमा प्रसारण भएको एक अन्तरवार्तामा डा.भट्टराईले प्रधानमन्त्रीको आलोचना गर्दै दिएको अन्तरवार्ता विवादमा आयो । सर्वत्र विवाद भएपछि रेडियो नेपालमा क्षमायाचना गर्दै विज्ञप्ति नै निकाल्यो । यता अब अतिथी चयन गर्दा ध्यान दिने भनेर उल्लेख गरिएको उक्त विज्ञप्तिले पनि थप चर्चा कमाईरहेको छ ।

प्रधानमन्त्रीलाई ‘अशिष्ट’ भाषा प्रयोग गरेको भन्दै रेडियो नेपालले माफी माग्यो

आखिर रेडियो नेपालको अन्तरवार्तामा डा. भट्टराईले के भनेका थिए  त ? पछिल्लो समय सरकारको चर्काे बिरोध गर्दै आईरहेका डा. भट्टराईले प्रधानमन्त्रीलाई भष्माशुरको संज्ञा दिएका छन् । उनले अन्तरवार्तामा भनेका छन् “केपी शर्मा ओलीको जुन प्रकारको उदण्डता देखियो । अहिले उहाँले चाही आफनो दुई तिहाईको बहुमतको सरकार भएको बेलामा देश बनाउनुको सट्टा , देश कोरोनाले आक्रान्त भएको बेला यतापट्टी ध्यान दिनुको सट्टा राष्ट्रपतिलाई समेत दुरुपयोग गरेर अध्यादेश जारी गर्ने संवैधानिक आयोग पनि कब्जा गरेर अख्तियार दुरुपयोग आयोग , न्यायलयमा सबै आफनो मान्छे राखेर पुरै एउटा हिटलर बन्ने दिशातिर उनी गईरहेका छन् “।

“सांसदलाई अपहरण गरी ल्याएर पार्टी फुटाउने जुन प्रयत्न उनले गरे त्यसलाई हामीले भण्डाफोर ग¥यौँ । त्यसको बिरुद्धमा हामीले मुद्धा दायर ग¥यौँ । मुद्धासमेत दायर गर्न उनले दिईरहेका छैनन् । यो देश चरम फासीवादतिर गईरहेको छ । तत्काल हामी सबै जहाँ भए पनि मिलेर मुख्यत नेकपाभित्रका साथीहरुले केपी ओली नामका एउटा भष्माशुरको जन्म नेपालमा भएको छ । यो भष्माशुरको अन्त्य गरेर देशलाई तत्काल एउटा दिशामा लैजाउ । कोरोनाबाट मुक्त हौँ” । डा. भट्टराईले प्रधानमन्त्रीमाथि गरेका टिप्पणी यीनै हुन् । उनले यसअघि पनि प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत भष्माशुर , हिटलर लगायतका उपनामहरु दिईसकेका छन् । तर डा. भट्टराई आफै पनि पूर्वप्रधानमन्त्री भईसकेको हैसियतले प्रधानमन्त्री ओलीको आलोचना गर्न यति अनिष्ट शब्द प्रयोग गर्न कत्तिको सुहाउँछ ?

प्रकाशित : २०७७ वैशाख १५ गते २०:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI